सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा शुक्रवारदेखि प्रथम मेयर रनिङ्ग शिल्ड २०७५ शुरु भएको छ । वडा नम्बर ६ को गिजरास्थित जनसेवा माविमा बाँके क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकाय, पुर्ब सांसद दलबहादुर सुनार, गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले प्रतियोगिताको उद्घटन गरे ।
कार्यक्रमको उद्घाटनमा शिक्षा विकास तथा समनवय ईकाई बाँकेका प्रमुख गोर्खबहादुर थापा, नेकपाका नेता वेदनिधी प्याकुरेल, रत्न खत्री, डम्बर विक, गाउँपालिका उपाध्यक्ष एकमाया विक, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वली, वडाध्यक्ष सुमन मल्ल लगायतको सहभागिता रहेको थियो ।
