बाँकेमा पनि मनाइयो गणेशमान स्मृति दिवस

सदरलाइन संवाददाता २ आश्विन २०७९, आईतवार १६:३२
 

नेपालगञ्ज : आइतवार गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइएको छ । उनको शालिकमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरेर नेपाली कांग्रेसले स्मृति दिवस मनाइएको हो ।

नेपाली कांग्रेस बाँकेले आज अपरान्ह ४ बजे गणेशमान चोकमा एक कार्यक्रमको आयोजना गरेको थियो । गणेशमान चोकमा दीप प्रज्ज्वलनको कार्यक्रम गरिएको कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले बताए ।

प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा गरेको नेतृत्वका कारण उनलाई सर्वोच्च कमाण्डर मान्ने गरिन्छ । २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।


१९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो । सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

२०१५ सालमा पहिलो चुनावपछि बनेको सरकारमा मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल गृहमा कारावास जीवन बिताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

२ आश्विन २०७९, आईतवार १६:३२
नेपालगञ्ज : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । गत सोमबारदेखि धनगढीमा २०औं पटकको अनशन बसेका केसीको अवस्था बिग्रिएपछि केसीलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । हाल उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार केसीले मुखबाट पानी र नशाबाट रिङगर […]

सम्बन्धित