सल्यानमा ४० मतदानस्थल अति संवेदनशील

सदरलाइन संवाददाता २९ कार्तिक २०७९, मंगलवार १४:२५
 

सल्यान : दुई अस्थायीसहित १ सय १९ मतदानस्थल रहेको सल्यानमा ४० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्लाको भौगोलिक विकटताका र दुर्गमताको आधारमा ४० मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका हुन् ।

जिल्लाका १० स्थानीय तहका सबै क्षेत्रका मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । दुर्गम, विवादित क्षेत्र, असुरक्षालगायतलाई आधार मानेर अति संवेदनशील र संवेदनशील मतदानस्थल छुट्याइएको उनले जानकारी दिए । उनका अनुसार १ सय १९ मतदानस्थलमध्ये ६१ संवेदनशील रहेका छन् भने १८ मात्र सामान्य रहेका छन् ।

निर्वाचनको समयमा अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलमा सुरक्षाका लागि त्यहि किसिमले सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । ‘सामान्यमा १०, संवेदनशीलमा १५ र अति संवेदनशील मतदानस्थलमा १८ देखि २० जनासम्म सुरक्षाकर्मी खटाइनेछ,’ उनले भने । जिल्लाका ४० अति संवेदनशील र ६१ संवेदनशील मतदानस्थल भएपनि अहिलेसम्म त्यस्तो समस्या भने नभएको उनको भनाइ छ ।


जिल्लामा १० स्थानीय तहमा कुन पालिकामा कति भनेर खुलाउन नसके पनि सबै पालिकाका मतदानस्थललाई अति संवेदनशील र संवेदनशीलको सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताए ।

अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सामान्यभन्दा बढी सुरक्षाकर्मी पठाउने तयारी भैरहेको र जिल्लाभरका लागि १ हजार ९ सय ५० सुरक्षाकर्मीको व्यवस्था गरिएको उनले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देउखुरीस्थित एक घरमा आगलागी हुँदा ६ लाखको क्षति

२९ कार्तिक २०७९, मंगलवार १४:२५
नेपालगञ्ज : दाङको देउखुरीमा एक घरमा आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती स्थित ताराबहादुर खत्रीको खरको छाना भएको फुसको घरमा सोमवार राती ९ः१० बजेको समयमा विद्युत सर्ट भई आगलागी भएको वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् । आगलागी हुँदा घर जलेर पुर्णरूपले खरानी भएको […]