जनआस्था बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा सामन्त

सदरलाइन संवाददाता ८ पुष २०८०, आईतवार १४:११
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको जनआस्था बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा तथा अधिबेशन आईतवार कोहलपुर स्थित प्रबुद्ध जेष्ठ नागरिक दिवा सेवा केन्द्रको सभा हलमा सम्पन्न भएको छ । साधारण सभाको बन्द शत्रले बिनोद कुमार सामन्तलाई सर्व सम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।

एक सदस्य पछि थप हुनेगरि निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा दिल कुमारी चौधरी, सचिवमा हर्क बहादुर शाहि, कोषाध्यक्षमा सनत कुमार रेग्मी र सदस्यहरुमा अमृता वलि, शरद कोईराला, मञ्जु कोईराला र लेखनाथ पौडेल निर्वाचित भएको निर्वाचण अधिकृत हुमहरी प्रसाद भट्टराईले बताए । यसैगरि लेखा समिती संयोजकमा बिश्व भण्डारी र रदस्यहरुमा हरी पौडेल तथा कल्पना तिमिल्सेना निर्वाचित भएका छन ।

मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल नाराका साथ आयोजित साधारण सभा संस्थाका अध्यक्ष विष्णु प्रसाद वेल्वासेको अध्यक्षता एबं प्रबुद्ध जेष्ठ शेयर सदस्य ज्ञान बहादुर खत्रिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संस्थाका प्रबन्धक प्रमोद रिजालले बताएका छन ।

आर्थिक बर्ष २०७९र ८० को संस्थागत प्रगति प्रतिबेदन पेश गर्दै संस्थाका अध्यक्ष बिष्णु प्रसाद वेल्वासेले साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्ने गरि सहकारीले लगानिमैत्रि वातावरण तयार पारेको उल्लेख गर्दै विपन्न सदस्यहरुको पहिचान गरि उनीहरुको उत्थानका निम्ति बिषेश प्याकेजमा कार्यक्रमहरु तय गरिएको बताए । जेष्ठ नागरिक सुहाउदो ब्यबसाय प्रर्बद्धनमा सहयोग पुग्ने गरि सहकारीले जेष्ठ नागरिक सापटि तथा भत्ताको समेत ब्यबस्थापन गर्ने गरि कार्य योजना अघि सारेको उल्लेख गरे ।


संस्थाको आय ब्याय प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत विनोद कुमार सामन्तले यो अबधि सम्म संस्था आईपुग्दा ४ सय साठि जना शेयर सदस्य मार्फत २७ लाख शेयर पुजि जिर्माण गरि ७६ लाख बचत संकलन गर्न सफल भएको उल्लेख गर्दै कृषितर्फ ९७ लाख र ब्यापार ब्यवसाय तथा धितोमा आधारित कर्जा ५० लाख गरि कुल १ करोड ४७ लाख कर्जा लगानिमा रहिरेको उल्लेख गरे ।

बचत संकलन र सदस्य निर्माणलार्ई गुणस्तरीयकरण गर्दै कम्प्युटर प्रणालीबाट लेखा राख्दै आएको सहकारीमा ५ जना कर्मचारी कार्यरत रहेका छन भने सहकारीमा २० औं बर्ष देखि बाणिज्य बैंक तथा लघु बित्त बैंकमा कार्यरत सञ्चालक तथा कर्मचारी रहेको प्रमुख कार्यकारी अधिकृत सामन्तको भनाई रहेको छ ।

संस्थाका सञ्चालक मञ्जु कोईरालाको स्वागत मन्तब्य संगै शुभारम्भ गरिएको कार्यक्रममा समाजसेवी तथा शेयर सदस्य हरि प्रसाद पौडेल, हुमहरी प्रसाद भट्टराई लगाएतका ब्यक्तित्वहरुले संस्थाको थप प्रगतिको कामना गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव तेज प्रसाद भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जयन्दू बालसुधारगृहमा प्रहरी श्रीमती संघको निशुल्क स्वास्थ्य शिविर

८ पुष २०८०, आईतवार १४:११
नेपालगञ्ज :  नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश समितिको आयोजनामा बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु वालसुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुका लागि एकदिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपाल प्रहरी श्रीमती संघको लुम्बिनी अध्यक्ष संन्ध्या जोशीलेसंघले विभिन्न सामाजिक तथा मानविय कार्य गर्नेक्रममा जयेन्दु बालसुधार गृहमा निसुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी […]