सबैको अपनत्व हुनेछ : सदस्य सचिव विष्ट

१९ चैत्र २०७५, मंगलवार १९:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले आठौ रष्ट्रिय खेलकुद प्रतियोगितामा सबैको अपनत्व हुने बताएका छन् ।
आगामी बैशाख ५ देखि ११ सम्म नेपालगन्जमा आयोजना हुने आठौ रष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि मंगलबार नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रियमा सहभागि भएका पूर्व खेलाडि तथा खेल अगुवासंग तयारी र प्रतियोगिता सञ्चालनको बारेमा छलफल गर्दै सो कुरा बताएका हुन ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव विष्टले पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिसंग प्रतियोगिता सञ्चालनको लागि परामर्श र सुझाव लिएर प्रतियोगितामा सबैको अपनत्व हुने गरी तयारी अगाडि बढाईने जानकारी दिए ।
उनले भने–‘सबैको अपनत्व हुने गरी प्रतियोगितालाई भब्यरुपमा सम्पन्न गरीने छ ।’ उनले पूर्वाधार तथा अन्य क्षेत्रमा प्रतियोगिता सम्पन्न भएपछि अधुरै रहने होकी भन्ने आशंकाबाट टाढा रहन आग्रह गर्दै बहुँबर्षे आयोजना भएकोले प्रतियोगिता पछि पनि निर्माण तथा फिनिसिङ्ग कार्य जारी रहने बताए ।
सो अवसरमा नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष तथा नेपाल भारत्तोलन संघका अध्यक्ष रतन टण्डन, भारतत्तोलनका पूर्व अन्तराष्ट्रिय खेलाडि समशुद्दिन सिद्दिकी, सुटिङ्ग ओलम्पीयन पार्वती थापा, भलिबलका लालबहादुर मल्ल, क्रिकेटका पूर्व कप्तान एलबि क्षेत्री, क्यानका संञ्जयराज सिंहलगायतका अगुवा खेलाडिले प्रतियोगिता सम्पनन गर्नको लागि आ–आफनो क्षेत्रबाट प्रतिबद्धता जनाएका थिए ।  

Next Post

रुख काट्दा बालिका घाइते

१९ चैत्र २०७५, मंगलवार १९:४८
सदरलाइनडटकम, नेपालगन्ज  : नेपालगन्ज उपमहनगरपालिका –२० को भैयापुरमा बाटो बनाउ रुख काट्दा विद्युतको पोल भाँच्नुको साथै एक बालिका घाइते भएकी छन् । नव कान्तिपुर कन्स्ट्रक्सन प्रालिले सडक बिस्तार गर्ने सिलसिलामा सिमलको रुख ढाल्ने क्रममा हरसिंह सिजालिकी छोरी ८बर्षिया अनुस्का सिंजाली घाइते भएकी हुन । घाइते अनुस्काको राँझा स्थित सैनिक अस्पतालमा […]