नेपालगञ्ज : बाँकेको प्रदेश सभा–२ (क) र (ख) बाट जनता समाजवादी पार्टी (जसपा) का नेता भण्डारीलाल यादव र आदेश कुमार अग्रवाल विजयी भएका छन ।
नेकपा एमालेका विजयबहादुर यादवलाई २ हजार १ सय ४६ मतको अन्तरले पराजित गर्दै भण्डारीलाल निर्वाचित भएका हुन् । भण्डारीलालले ११ हजार ५ सय ४ मत प्राप्त गरे, भने उनका निकटतम प्रतिद्धन्द्धी विजयले ९ हजार ३ सय ५८ मत ल्याएका छन् । नेपाली काँग्रेसका राजकुमार कुर्मीले ८ हजार ७ सय ३१ मत प्राप्त गरेका छन् ।
यसैगरी बाँके २ ख मा जसपाका आदेश कुमार अग्रवाल निर्वाचित भएका छन् । उनले एमालेका निरक गुरुङ्गलाई पछाडि पादै जित निकालेका हुन ।
अग्रवालले ८ हजार २ सय ४६ मत प्राप्त गरी विजयी हुँदा एमालेका गुरुङ्ग ६ हजार ७ सय ९ मत मै रोकिएका थिए । भने काँग्रेसका सुरेन्द्र हमाल ६ हजार ३ सय ४७ मत ल्याएर तेस्रो स्थानमा पुगे ।