सदरलाइनडटकम
नेपालगञ्ज : नेपालगञ्जको रानीतलाउमा १९ वर्षपछि पुन डुङा सहित जलविहारको सुरुवात भएको छ । पाँच नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार एक कार्यक्रमका बीच रिवन काटेर उद्दघाटन गरेका हुन ।
हाल ४–५ वटा डुङा राखेर सञ्चालनमा ल्याईएको रानीतलाउको डुङा विहार कुनै बेला निक्कै चर्चित रहेको थियो । उद्दघाटन सत्रमा नेपालगञ्ज उप–महानगरका जनप्रतिनिधि, कर्मचारी लगायतले जल विहार गरेका थिए ।
लामो समयदेखि अस्तव्यस्त रहेको रानीतलाउको नेपालगञ्ज उप–महानगरले पुन निर्माण गरी आन्तरिक र बाह्य पर्यटक भित्रयाउने उद्देश्यले सञ्चालनमा ल्याएको हो ।
बाल उद्यान तथा खेल समाग्रीसहितको रानी तलाउ नेपालगञ्जको गन्तब्यको रुपमा विकशित हुने विश्वास गरिएको छ ।
२२ लाख ७८ हजार लागतमा रानी तलाउको पुनर्निर्माण गरिएको हो । डा. धवल शम्शेर राणा पहिलो पटक मेयर हुँदा २०५५ सालमा जीर्ण रहेको पोखरी रानीतलाउको जीर्णोद्धार गरि नौका विहार सञ्चालन गरिएको थियो । शब्द तस्बीर : रुद्र सुवेदी / सदरलाइनडटकम