बाँकेमा दुई लाख बढीको अटोको पार्टपूर्जा बरामद

सदरलाइन संवाददाता २८ मंसिर २०८०, बिहीबार १४:४८
 

नेपालगञ्ज : बाँकेमा अबैधरुपमा ल्याइएका २ लाख रुपैयाँ बढीको पेट्रोल अटोको पार्टपूर्जा बरामद गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१८ भाटभटेनी नजिक जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बेवारिसे अबस्थामा थुपारेर राखेको बिभिन्न कम्पनीका पेट्रोल अटोका पार्टपूर्जाहरु बरामद गरेको हो ।


करिब दुई लाख उन्नाइस हजार रुपैयाँ बराबरको सामान फेला पारी बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा भूकम्पका घाइतेको सङ्ख्या शून्य

२८ मंसिर २०८०, बिहीबार १४:४८
नेपालगञ्ज : जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भई उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका बिरामीहरु निको भएर डिस्चार्ज भएसँगै अब अस्पतालमा उपचाररत घाइतेको सङ्ख्या शून्य भएको छ । उपचारपश्चात् कोही बिरामी निको भएर डिस्चार्ज भई घर गए भने कोहीलाई थप उपचारका लागि […]