लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

सदरलाइन संवाददाता २४ मंसिर २०८०, आईतवार १५:४८
 

नेपालगञ्ज : “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आइतवार सम्पन्न भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ पुष्पलालचोकदेखि निकालिएको र्याली नेपालगञ्ज १५ जमुनाहा पुगेर कार्यक्रममा परिणत भएको थियो ।


लुम्बिनि प्रदेश सांसद माननीय मिना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपालजगञ्ज उप–महानगपालिका प्रमुख प्रशान्त बिष्ट, उप–प्रमुख कमरुद्दिन राइ, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह लगायत लैङ्गिक हिंसा विरुद्ध काम गर्ने बिभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कम मूल्यंकन देखाएर भन्सार पास गराएको खुलासा

२४ मंसिर २०८०, आईतवार १५:४८
नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयबाट न्यून मूल्याङ्कन देखाएर भन्सार जाँचपास गराई राजस्व छलेर ठुलो परिमाणमा व्यापारिक माल सामान भित्रिने गरेको खुलासा भएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाट खटिएको टोलीले भारतबाट आएको एक कन्टेरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा न्यून मूल्याङ्कनमा भन्सार […]