बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

सदरलाइन संवाददाता १६ भाद्र २०७९, बिहीबार १६:११
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुरे जंगलमा बुधवार राती सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन ।


गम्भिर घाईते भएका पुरुषलाई प्रहरीले उद्धार गरि अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्त घोषणा गरेका थिए । बुधवार राती करीब ८ बजे नम्बर नखुलेको सवारी साधनले पैदलयात्री ठक्कर दिई फरार भएको हो । सवारी साधनसहित फरार रहेका चालकको खोजी भैरहेको प्रहरी चौकी ढकेरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार ४ संक्रमित थपिँदा ४ जना डिस्चार्ज

१६ भाद्र २०७९, बिहीबार १६:११
नेपालगञ्ज : बाँकेमा बिहीवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ९ जनाको परीक्षण गर्दा २ र जमुनाहा हेल्थ डेस्कमा २ गरी ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना […]