३ सय २० बोइलर नियन्त्रणमा लिएर नस्ट

२९ श्रावण २०७५, मंगलवार १५:३२
 

सदरलाइनडटकम,
नेपालगन्ज  : प्रहरीको प्रदेश व्यूरो टोलीले भरतबाट अबैद्य रूपमा नेपालगन्ज ल्याउँदै गरिएका ३ सय २० वटा बोइलर कुखुरासहित ५ जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट पन्छी तथा पन्छीजन्य पदार्थ नेपाल ल्याउनमा प्रतिबन्ध लगाईएको कारण प्रहरीले नियन्त्रणमा लिएको हो ।
पाँच नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलको नेतृत्वको टोलिले नेपालगन्ज उप–महानगरपालिका–१० बाट अवैध भारतीय बोइलर कुखुरासहित ५ तस्करलाई पक्राउ गरेको पशु क्वारन्टाइन कार्यालयका पशु चिकित्सक रामसेवक त्रिपाठीले जानकारी दिए ।
बाँके साइगाउँको खुल्ला सिमाबाट ७ वटा साइकलमा लुकाईछिपाई भारतबाट बोइलर कुखुरा नेपालगन्ज ल्याउँदै गरेको अवस्थामा ब्यूरोले मंगलबार बिहान नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट प्रहरीले कुखुरा बोक्ने साइकल समेत बरामद गरेको छ ।
ब्यूरोले आवश्यक कारबाहीका लागि तस्कर र कुखुरालाई पशु क्वारेन्टाइन चेकपोष्ट जमुनाहाको जिम्मा लगाएको जनाएकोे छ । पशु क्वारेन्टाइन चेकपोष्ट जमुनाहाका पशु चिकित्सक त्रिपाठीका अनुसार नियन्त्रणमा लिइएका सबै कुखुरा प्रहरी प्रशासनको रोशबरमा मंगलबार नै नष्ट गरिएको छ ।
पक्राउ पर्ने तस्करहरुमा जानकारी गाउँपालिका १ बस्ने मो. रज्जा राई, रहिम रज्जा राई, ताज मोहम्मद, राहुल बर्मा र समसुद्विन राई रहेका छन् । अबैद्य रूपमा कुखुरा ल्याउँने काममा सक्रिय पाँच जनालाई केहीबेर नियन्त्रणमा लिएर कानुन अनुसारको कारवाही र जरिवाना गरि छोडिएको छ ।
पशु चिकित्सक रामसेवक त्रिपाठीका अनुसार कार्यालयले अबैद्य कुखुरा ओसारपसारमा सक्रिय पाँचजनालाई जनही १० हजारका दरले जरिवाना तिराएको छ भने आइन्दा यस्तो काम नगर्न सचेत समेत बनाएको छ ।  फोटो : बरामद गरिएका कुखुरा नष्ट गर्न लगिदै । 

Next Post

एसियन गेम्समा नेपालले ३६ वर्षपछि गर्ला गोल ?

२९ श्रावण २०७५, मंगलवार १५:३२
काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार बेलुका साढे ६ बजे नेपालले जापानसँग खेल्दै छ । खेल इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा हुनेछ । नेपालको २३ वर्षमुनिको टोलीले पहिलो खेलमा नै जापानको २१ वर्षमुनिको टोलीको सामना गर्न सानो चुनौती छैन । एसियाली खेलकुदमा यसअघि जापानसँगका तीन खेलमा नेपालले […]

सम्बन्धित

ताजा अपडेट