पूर्व प्रधानमन्त्री स्व सुशील कोईरालाका कान्छा भाई विजय कोईरालाको निधन

८ चैत्र २०७४, बिहीबार १४:४३
 

सदरलाइनडटकम  
९ चैत, नेपालगन्ज : नेपालगन्ज कोर्इराला परिवारलाई शोक परेको छ । नेपाली काँगे्रसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व. सुशील कोर्इरालाका कान्छा भाई विजय कोर्इरालाको बिहीबार विहान निधन भएको छ ।
नेपालगञ्ज– १० निवासी ७४ वर्षिय केइरालाको विहान भैसेपाटी मेडीसिटी अष्पतालमा उपचारकै क्रममा निधन भएको परिवारिक निकट स्रोतले जनाएको छ ।
उनी दुई हप्तादेखि निमोनीयाबाट ग्रस्त भएपछि उपचारको लागि अस्पताल भर्ना भएका थिए । नेपालगन्जको साविकको वडा न १३ का वुथ सभापतिसमेत रहेका स्व.कोर्इरालाका एक छोरा एक छोरी छन् । सिनियर ओभरसीयसरका रुपमा क्रियाशिल कोइराला मृदुभाषी हुनुका साथै लो प्रोफाइलमा बस्न रुचाउने व्यक्ति थिए पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला नेपालगँन्ज आउँदा प्राय उनकै घरमा बस्ने गर्दथे । कोर्इरालालाई श्रदाञ्जली दिन अहिले परिवारका सदस्य, आफन्त तथा काँगे्रसीजनहरु अष्पतालमा जम्मा भएको उपचारमा संलग्न भतिजा एवं काँगे्रस यूवा नेता सुधांशु कोइरालाले जानकारी दिए । उनले दिएको जानकारी अनुसार बिहीबार साँझसम्म काठमाडौ आर्यघाटमा दाहसंस्कार गरिने तयारी भइरहेको छ ।


फोटो : करिव एक वर्ष अघि स्व. कोईरालाका दाजु तथा नेपाली काँग्रेस बाँकेका तत्कालिन सभापति स्व.डा अरुण कोईरालाको फोटो प्रर्दशनीका अवसरमा खिचिएको हो । फोटो : रुद्र सुवेदी

Next Post

कर्णाली प्रदेशको ‘सिञ्जा’ जुन विश्व सम्पदामा समेटिएको छैन

८ चैत्र २०७४, बिहीबार १४:४३
उदाउदो कर्णाली प्रदेशको टेवा पु¥याउने इतिहास विकासलाई हेर्नेहो भने इशाको १२ औं शताब्दी तिर तिब्बतको खाली प्रदेशबाट आएका इतिहासिक नागराजाले कर्णाली प्रदेशमा स्वतन्त्र खस राज्य स्थापना गरेको किमदन्त्ती अनुसार मानिन्छ । अर्को सन्दर्भमा नेपालको पहाडी क्षेत्रमा बसोबास गर्न आर्यमुलका मानिस कुमाउ गढवाली तिरबाट लागेको मानिन्छ । खारी क्षेत्रबाट आएर शासन […]