समुदायमा ‘चाइल्ड ड्रिम’को प्रभाव सकारात्मक

३२ जेष्ठ २०७६, शनिबार १९:१८
 

सदरलाइनडटकम,
बर्दिया :
ठाकुरबाबा बर्दियाको ठाकुरबाबा नगरपालिकामा सञ्चालित बालबालिकाकोे सपना (चाइल्ड ड्रिम) परियोजनाले समुदायमा सकारात्मक प्रभाव परेको पाइएको छ । परियोजना कार्यान्वयनमा आएको साढे तीन महिनाको अवधी मै समुदायमा सकारात्मक परिवर्तन भएको देखिएको हो । संचालित परियोजनाको शनिवार भएको संयुक्त अनुगमनले कार्यक्रमले समाजको लक्षित वर्गमा व्यवहारिक परिवर्तन ल्याएको पाइएको छ ।
अनुगमनका क्रममा लक्षित समुदायका अभिभावकले कार्यक्रमले धेरै सहयोग पुगेको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफुहरुले हालसम्म बालबालिकाप्रति गरिँदै आएको व्यवहारलाई अझ सुधार गर्दै बालबालिकाको चौतर्फी विकासमा लाग्न प्रेरित गरेको अभिभावकले बताए । त्यस्तै कार्यक्रमले बालबालिकाहरुको हेरचाहमा बिशेष ध्यान पुर्याउनु पर्ने, खानपिन तथा आवश्यकता कसरी पुरा गर्ने, आनीबानी तथा व्यवहारलाई कसरी सुरक्षित बनाउने, अभिभावकको ज्ञान र सीपमा बढ्वा मिलेको, बालबालिकाहरुको उत्प्रेरणाका लागि फालिएका बिभिन्न स्थानीय बस्तुहरुको प्रयोगबाट आकर्षक सिकाई तथा खेल सामाग्री निर्माण गरेको र बुवाहरु पनि बालबालिकाहरुसंग रमाएर समय बिताउन थालेको पाईएको छ ।
अनुगमनमा सहभागि ठाकुरबाबा नगरपालिकाकी सामाजिक बिकास संयोजक राधा चौधरीले नगरपालिकाकै नमूना कार्यक्रमका रुपमा रहेको बताए । उनले यो कार्यक्रमले नगरपालिकाको अन्य कार्यक्रम कार्यान्वयनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । अभिभावकहरुलाई बालबालिकाको बिकासमा सजग बनाउन ठाकुरबाबा नगरपालिकाको अगुवाइमा प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा गेरुवा ग्रामीण जागरण संघ बर्दियाको प्राबिधिक सहयोगद्वारा वडा नं. ३, ४, ५ र ९ मा प्रारम्भिक बाल विकासका लागि घरमा आधारित अभिभावक शिक्षा परियोजना पाँच महिनादेखि सञ्चालित छ ।
अनुगमनमा ठाकुरबाबा नगरपालिका वडा नं. ४ का अध्यक्ष शेरबहादुर थारु, नगरपालिकाका शिक्षा शाखा प्रमुख रामहरि रिजाल, स्वास्थ्य संयोजक इन्द्रबहादुर राजबंशी, महिला तथा बालबालिका शाखाकी गोमसरा आचार्य, नेपाल पत्रकार महासंघ बर्दियाका सचिव भावुक योगी, प्लानबाट एरिया म्यानेजर मिना पराजुली, स्वास्थ्य कार्यक्रम संयोजक किरण भण्डारी र गेरुवाका टिम लिडर केशव राणालगायतको सहभागिता थियो ।

Next Post

धम्बोझी क्लव भयो जिल्ला लिग च्याम्पियन

३२ जेष्ठ २०७६, शनिबार १९:१८
सदरलाइनडटकम, नेपालगञ्ज   : बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगञ्जको प्रहरी तालिम केन्द्रको खेलमैदानमा जारी जिल्ला लिग प्रतियोगिताको उपाधि धम्बोझी क्लवले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनल खेलमा धम्बोझी क्लवले मोडेल टिम सिगाउँलाई शुन्यकाबिरुद्ध २ गोलले पाखा लगाउदै खेलको उपाधि जित्न सफल भएको हो । धम्बोझी क्लवका विशाल थापाले १९ […]