आर्थिक सास्तीविरुद्ध व्यवसाय उत्थान संघर्ष समिति गठन

सदरलाइन संवाददाता २२ मंसिर २०८०, शुक्रबार १४:१७
 

नेपालगञ्ज : बैंक तथा वित्तीय संस्थाले दिएको सास्तीविरुद्ध नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी संंयोजक रहेको १००१ सदस्यीय व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरिएको छ ।

समितिको संरक्षकमा अब्दुल वाहिद मन्सुरी र संघका महासचिव भीमबहादुर रानाभाट सदस्य सचिव रहेका छन् । समितिको सचिवालय भने ४१ सदस्यीय मात्र रहेको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, सल्लाहकार एंव संरक्षकहरु कन्हैयालाल टण्डन, अच्युतप्रसाद प्रसाई, सतिशचन्द्र अग्रवाल, सुनिलकुमार शर्मा, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेबाट केन्द्रमा प्रतिनिधित्व गर्ने कृष्णा पाठक, शेषकान्त शर्मा, कुबेर रिजाल, जीवनाथ सापकोटा र शर्मिला खत्री, त्यसैगरी उद्यमी व्यवसायीहरु दुर्गाप्रसाद भण्डारी, मुरलीधर मिश्र, विष्णु खनाल, भोजराज तिमिल्सेना र सलाउद्दिन जसगढलाई सल्लाहकार चयन गरिएको छ ।


नेपाल सरकारको अव्यवहारिक कर नीति, बैंक तथा वित्तीय संस्थाको मनोमानी तथा खुला सिमानाको असरबाट उद्योगी व्यवसायीहरुले भोग्न परेका समस्याबारे संघले बिहीबार नेपालगञ्जमा आयोजना गरेको बृहद् अन्तरक्रिया कार्यक्रममा संघर्ष समिति गठन गरी आन्दोलनमा जाने निर्णय गरिएको हो ।

शुक्रबार दिउँसो सचिवालयको बैठक बसेर संघर्षका कार्यक्रमहरु तय गरिने संयोजक धामीले जानकारी दिए । उनले संघर्ष समितिलाई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उद्योग वाणिज्य संघले पनि समर्थन जनाएर सदस्यमा रहने प्रतिक्रिया दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा मातृ मृत्युदर उच्च हुँदा पनि बेवास्ता

२२ मंसिर २०८०, शुक्रबार १४:१७
नेपालगञ्ज : नेपालगञ्ज पश्चिम नेपालको स्वास्थ्यको केन्द्र विन्दु मानिन्छ । यहाँ आधा दर्जनबढी ठूला अस्पताल छन् । विशेषज्ञ चिकित्सक बस्ने मेडिकल छ्याप्छ्याप्ती छन् । पश्चिम नेपालका २४ जिल्लाका मानिसको उपचारको थलो नै हो नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुरको मेडिकल कलेज पश्चिम नेपालका विरामीको रिफरल सेन्टरको रुपमा रहेका […]