नेपालगञ्ज विमानस्थलमा ३६ हजार नगदसहित भेटिएको हाते व्याग सम्बन्धितलाई बुझाईयो

१० आश्विन २०७५, बुधबार १८:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज विमानस्थल बाहिर भेटिएको कालो रङ्गको लेडिज हाते ब्याग सम्बन्धितलाई बुझाईएको छ । नगद सहित सो व्याग भेटिएको समाचार सदरलाइनडटकमले मंगलबार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएको केही समयमै ब्यागको सम्बन्धित धनि सम्पर्कमा आएकी थिइन ।
सिमा प्रहरी चौकी हिल्सा हुम्ला दरबन्दीका प्रहरी हवल्दार आत्मराम भण्डारी र प्रहरी चौकी ठेहे हुम्ला दरबन्दीका प्रहरी जवान सुरेन्द्रबहादुर केसीले गत सोमबार साँझ फेलापारेको सो कालो ब्याग नेपालगञ्ज– १ का मिना श्रेष्ठ र रचना श्रेष्ठमार्फत संबन्धित ब्यागका धनि सुनिता अधिकारीले पाउने गरी नेपालगञ्ज विमानस्थलमा नै बुझाएका हुन ।
सो व्यागमा ३६ हजार नगद, काठमाण्डौ महानगरपालिका–९ ठेगाना उल्लेख भएको सुनिता अधिकारीको नागरिकता, पशुपति बहुमुखि क्याम्पस चाबहिल काठामाण्डौको स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी परिचयपत्र रहेको थियो ।
स्थानीय समाजसेवी समेत रहेका मिना श्रेष्ठ र रचना श्रेष्ठको सो ब्यागकी धनी सुनिता अधिकारीसंग नजिकको सम्बन्ध रहेको कारण श्रेष्ठद्वय मार्फत सो ब्याग र त्यसमा भएको सबै सामान बुधबार नै अधिकारीले पाउने गरी काठमाण्डौ पठाईएको हो ।

नेपालगञ्ज विमानस्थलमा ३६ हजार नगदसहित हातेव्याग भेटियो


Next Post

नेपालगञ्ज डिपोमा पेट्रोल भण्डारणको क्षमता बृद्धि गरिँदै

१० आश्विन २०७५, बुधबार १८:२०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल आयल निगमले नेपालगञ्जस्थित डिपोको भण्डारण क्षमताको बृद्धि गर्दैछ । नेपालगञ्जमा हालको पेट्रोलको भण्डारण क्षमता अढाईदेखि ३ दिनसम्म मात्र पुग्ने भएको क्षमता बृद्धि गर्न लागिएको हो । मट्टितेलको खपत न्यून भएले त्यसको भण्डारण ट्यांकीलाई पेट्रोल ट्यांकीमा रुपान्तरण गर्ने प्रक्रिया शुरु गरिएको नेपाल आयल निगमको नेपालगञ्जस्थित इन्धन डिपो कार्यालयका […]