राष्ट्रपति–प्रधानमन्त्री हेलिकप्टर चढ्न प्रतिस्पर्धा गर्छन्, एमाले स्वयंसेवामा खट्छ : केपी ओली

सदरलाइन संवाददाता १९ मंसिर २०८०, मंगलवार १८:४९
 

जाजरकोट : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावितको राहत र उद्धारमा सरकार निकम्मा साबित भएको दाबी गरेका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार रुकुम पश्चिम र जाजरकोटको सिमाना रिम्ना पुगेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले भूकम्प प्रभावित क्षेत्रमा खटिएका एमालेका स्वयंसेवकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति, प्रधानमन्त्रीदेखि गृहमन्त्री र अन्य मन्त्री हेलिकप्टर चढ्न व्यस्त भए पनि पीडितको उद्धार, राहत र पुनः स्थापनाको काम हुन नसकेको बताए ।

‘हेलिकप्टर उडाउन कम्पिटिसन हुन्छ, हेलिकप्टर बसाउने ठाउँ पाउँदैन, अस्पतालमा नेताहरूको लर्को लागेर बिरामीको उपचार हुन पाउँदैन, यता नेताहरुको चाकडीमा ब्रिफिङ गर्न डाक्टरहरू जानु पर्छ, प्रमुख जिल्ला अधिकार, प्रहरीहरू नेताको सुरक्षामा खटिँदा ठिक हुन्छ, त्यसमा जान भ्याउँदैनन्, सक्दैनन’, ओलीले भने ।


पीडितको लागि आएको सहयोग थन्किएर बस्दा पनि सरकारले पीडितसम्म पु¥याउन नसकेको ओलीले बताए । बैँकमा आएर रकम बस्दा पनि पीडितको हितमा सरकारले खर्चिन नसकेको उनको भनाइ छ । ‘बैँकमा राख्नको लागि रकम दिएको हो ?’ ओलीले प्रश्न गरे ।

एमालेका स्वयंसेवकले अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा पनि सरकारले के हेरेर बसेको भन्दै उनले प्रश्न गरे । एमालेका स्वयंसेवकले बिना पैसा ८ सय १३ अस्थायी घर बनाएर दिँदा पनि सरकार हेरेर बसिरहेको उनको आरोप थियो ।

सही चिन्तन नभएसम्म केही काम गर्न नसकिने बताउदै ‘एमालेमा जुन कार्यक्षमता छ, त्यो अरूसँग छैन, अरूले त्यो कार्यक्षमता प्रदर्शन गर्न सक्दैनन्, नेकपा एमालेसँग जुन जनभावना छ, त्यो जनभावना अरूसँग छैन’, उनले भने । मानवीय सेवाको भावले सेवा गरेको भन्दै एमालेका स्वयंसेवकलाई ओलीले धन्यवाद दिए । यस्तो सेवा भाव अहिले दुर्लभ भएको उनको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले अध्यक्ष ओलीलाई माओवादी उपमहासचिव शर्माको स्वागत

१९ मंसिर २०८०, मंगलवार १८:४९
जाजरकोट (रिम्ना) :  नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पुर्वअर्थमन्त्री नेता जर्नादन शर्मा (प्रभाकर) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जाजरकोट जिल्लाको रिम्नामा स्वागत गरेका छन् । बैतडी जिल्लाको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’का क्रममा भुकम्प प्रभावित क्षेत्रका नागरिकसँग छलफलका लागि जाजरकोट […]