माइती नेपालको ‘खाना’ अभियान

१६ असार २०७७, मंगलवार १८:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : माइती नेपालले बाँकेमा खाना अभियान शुरु गरेको छ । बन्दाबन्दीको समयमा समस्यामा परेकाहरुका लागि माइती नेपालले मंगलवारदेखि बिहानको एक छाक खाना अभियान शुरु गरेको हो ।
लामो समयको बन्दाबन्दीका कारण दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई भोक मेटाउन कठिन भएको छ । बर्तमान अवस्थामा बजार, व्यवसाय संचालन भएपनि गरिब बिपन्न परिवारलाई जीवननिर्वाह गर्न गाह्रो भइरहेको छ ।
समस्यामा परेका परिवार, व्यक्तिका लागि एक छाक खाना अभियान सञ्चालन गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोईरालाले जानकारी दिए । यो अभियान जिल्लाको बिभिन्न क्षेत्रमा सञ्चालन गरिने भन्दै उनले विशेष गरी महिला तथा बालबालिकालाई बिहानको एक छाना खाना दिने गरिएको बताए ।
माइती नेपाल, युएन ओमेलको सहयोग र स्थानीय सरकारको सहकार्यमा सामुदायिक भान्छाद्वारा तयार गरिएको पौष्टिक खाना बितरण थालिएको संस्थाले जनाएको छ । एक छाक खाना अभियानमा दैनिक दुई सय ५० जनालाई खाना खुवाइने संयोजक कोइरालाले बताए ।
अभियानको पहिलो दिन मंगलवार नेपालगञ्जका तीन स्थानमा खाना बितरण गरिएको छ । बिहान नेपालगञ्ज क्वारेन्टिनमा ६० जना, वडा नं. १२ बेलासपुरमा एक सय ८५ जना र निलसागर बृद्धाश्रममा ८५ जनालाई गरी तीन सय ३० जनालाई खाना उपलब्ध गराइएको छ ।

Next Post

नरैनापुरमा २३ वर्षपछि विद्युत बालियो

१६ असार २०७७, मंगलवार १८:२२
सदरलाइन / रुद्र सुवेदी, नरैनापुर (बाँके) : बाँकेको कर्णाली उपनामको नरैनापुरमा विद्युतको पोल गाडेको करिव अढाई दशक पछि पहिलो  पटक विजुली बत्ती बलेको छ । अन्धकार मै रहेको नरैनापुर गाउँपालिकामा २३ वर्षपछि विजुली बत्ती बलेको हो । प्रदेश सांसद् कृष्णा केसी नमुनाले नरैनापुरको कट्कुइँयास्थित ट्रान्सर्फमरको स्विच अन गरेर नरैनापुरमा विद्युतको […]