शहरी विकास मन्त्री राई गृहनगर आउदै

२५ भाद्र २०७६, बुधबार १३:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राई नेपालगञ्ज उपमहानगरको ल्याण्डफिलड साईट र नरैनापुरको अस्पताल उद्दघाटन लगायतका कार्यक्रमका लागि आज बुधवार बेलुकी गृहनगर नेपालगञ्ज आउँदै छन ।
बाँके क्षेत्र नम्बर २ बाट सांसद समेत रहेका मन्त्री राई आफ्नो मन्त्रालय अन्तरगतको बाँके र सुर्खेतमा आयोजना गरिने विभिन्न कार्यक्रमहरुमा सहभागि हुनका लागि गृहनगर आउन लागेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री राईको सचिवालयले दिएको जानकारी अनुसार बुधवार बेलुकीको उडानबाट नेपालगन्ज आउने तथा विहिबार, शुक्रवार र शनिवार बाँके र सुर्खेतका विभिन्न कार्यक्रममा सहभागि हुनु कार्यक्रम रहेको छ ।
नेपालगञ्ज उपमहानगरका लागि बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको फोहर विसर्जन गर्ने ल्याण्डफिल साइटको निर्माण पुरा गरिएको हुँदा मन्त्री राईले विहिबार सो ल्याण्डफिल साईटको उदघाटन गर्ने छन।
ल्याण्डफिल साईटको औपचारिक रुपमा सञ्चालन गरिएपछि नेपालगञ्जमा संकलन हुने ठुलो परिमाणको फोहोर विसर्जनमा सहजता आउने र फोहोरको समस्या समाधान हुने बताइएको छ ।
ल्याण्डफिल साइटको अभावमा लामो समयदेखि नेपालगञ्जबाट निस्कने फोहोर विसर्जनमा ठुलो समस्या रहेको थियो । ठाउँ फेरी फेरी फोहोर फाल्नु पर्दा धेरै समस्या आउने गरेको थियो ।
विहिबार मन्त्री राईले उदघाटन गरे लगत्तै सो साईटलाई औपचारिक रुपमा सञ्चालनमा ल्याइने र त्यसपछि फोहोर विसर्जनको समस्या समाप्त हुनेछ विश्वास गरिएको छ ।
यसैगरी मन्त्री राईले शुक्रवार बाँकेको सबैभन्दा दुर्गममा रहेको नरैनापुर गाउँपालिकाको लक्ष्मणपुरमा निर्माण गरिएको सुविधा समपन्न अस्पतालको पनि उदघाटन गर्ने कार्यक्रम रहेको छ । सो क्षेत्रमा राम्रो स्वास्थ्य संस्था नहुँदा अधिकांश विरामीले भारतमा गएर उपचार गराउनु पर्ने बाध्यता रहेको थियो ।
सडक समस्या कारण नेपालगन्ज टाढा भएकोले विरामीहरुले समस्या भोग्दै आएकोमा अब सो अस्पताल संचालनमा ल्याईएपछि धेरै हदसम्म सो समस्या पनि समाधान हुने नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताए ।
यसैगरी मन्त्री राईले शनिवार सुर्खेत पुगेर त्यहाँ निर्माण गरिएको सुर्खेत बसपार्क र अस्पतालको भवनको उदघाटन गर्दै कर्णाली प्रदेशका मुख्य मन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्री राईको सचिवालयले जनाएको छ ।
बाँकेको विकासका लागि अर्बौको बजेट विनियोजन गरेर जनतामाझ लोकप्रिय भएका मन्त्री राई आफ्नो जिल्ला र निर्वाचन क्षेत्रको विकास निर्माणको अवस्था बुझ्न, जनताका समस्या सुन्न तथा जनतासंग भेटघाट गर्न हरेक महिनाजसो गृहनगर आउने गरेका छन् ।
मन्त्री राईले नेपालगञ्ज सम्मिलित क्षेत्र नम्बर २ को विकासका लागि करिब ५ अर्ब बराबरका योजनाहरु संचालन गर्न लगाएको स्वकिय सचिव शमसुल राईले जानकारी दिए ।

Next Post

बिजुली नदिएपछि सहकारीमा तालाबन्दी

२५ भाद्र २०७६, बुधबार १३:१८
सदरलाइनडटकम, कैलाली : कैलालीको घोडाघोडी ग्रामीण विद्युत् सहकारी संस्थामा बुधवार तालाबन्दी गरिएको छ । स्थानीयसँग रकम संकलन गरेको ८ वर्ष बितिसक्दा पनि बत्ती नबालेको भन्दै स्थानीयले सहकारी संस्थामा तालाबन्दी गरेका हुन् । घोडाघोडी नगरपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दाले पूर्व(पश्चिम राजमार्गसमेत केही बेर बन्द गरेका थिए । […]