बाँकेको बैजनाथबाट गोहीको उद्धार

सदरलाइन संवाददाता ५ भाद्र २०७९, आईतवार १३:५६
 

नेपालगञ्ज : बैजनाथ गाउँपालिका वडा न ८ बाट गोहीलाई उद्धार गरिएको छ । बैजनाथ ८ चौफेरीस्थित स्थानीय देबजङ शाहको घरबाट गोहीलाई उद्धार गरिएको हो ।

गोही स्थानीय मान खोलाबाट आएको अनुमान गरिएको छ । जिल्ला बन कार्यालयको टोलीले उक्त गोहीलाई नियन्त्रणमा लिएको बैजनाथ ८ का वडा सदस्य धिरेन्द्र सिह ठकुरीले जानकारी दिए ।


स्थानीय मान खोलामा पानीको सतह बढ्ना साथ यस्ता गोही बैजनाथ गाउँपालिकाका विभिन्न स्थानमा आउने गरेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गिरीको निधनप्रति काँग्रेस बाँकेद्वारा दुःख व्यक्त

५ भाद्र २०७९, आईतवार १३:५६
नेपालगञ्ज : नेपाली कांग्रेसका नेता, बैचारिक र समाजवादी चिन्तक प्रदिप गिरीको निधनप्रति नेपाली कांग्रेस बाँकेले दुःख व्यक्त गरेको छ । पार्टी सभापति नारायणप्रसाद गौडेलले आइतवार एक शोक वक्तब्य जारी गर्दै पूर्व केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य गिरीको असामयिक निधनले नेपाली कांग्रेस बाँके स्तब्ध र मर्माहत भएको जनाएका छन् । गिरीको […]