डिजिटलीकरणतर्फ अगाडि बढ्दै नेपालगञ्जको १२ नम्बर वडा

सदरलाइन संवाददाता ७ मंसिर २०८०, बिहीबार १३:१५
 

नेपालगञ्ज : डिजिटलीकरणतर्फ अगाडि बढिरहेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा वडास्तरीय सचेतना कार्यक्रम गरिएको छ । सार्वजनिक सेवाहरुको डिजिटलाइजेसनको लागि घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा नेपालगञ्ज एकीकृत मोबाइल एप सम्बन्धि वडास्तरीय पहुँच तथा सचेतना कार्यक्रम गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ ले आयोजना गरेको उक्त कार्यक्रममा टोल कमिटीका अध्यक्ष, वडा भित्रका सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिआइजेडको सहयोगमा सुरुआती चरणमा नेपालगञ्जका ४ वटा वडामा स्थानीय सार्वजनिक सेवाहरुको डिजिटलीकरण गरिएको छ । उक्त अनलाइन प्रणालीबाट सेवाग्राहीले घरबाटै वडा तथा नगरपालिकाको सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न सक्नेछन् । सेवा र सुविधाको जानकारी एकै ठाउँमा पाउन सक्नेछन् ।


यसैगरी जनप्रतिनिधिसँग सिधै सुझाव, जिज्ञासा तथा गुनासो राख्ने, सजिलो पहिचानको लागि प्रत्येक घरको फरक–फरक नम्बर जस्ता सुविधाहरु रहेको वडा अध्यक्ष तरण बज्राचार्यले बताए । नागरिकलाई सहजताको लागि वडाले डिजिटल प्रणालीमा जोड दिएको उनले बताए । कार्यक्रमका सहभागिहरुलाई जिआइजेढका राष्ट्रिय विज्ञ सुजित झाले सहजीकरण गरेका थिए । सुरुवाती चरणमा वडाका अगुवाहरुलाई डिजिटल सेवाहरुको बारेमा जानकारी गराउँदै क्रमशः अन्य नागरिकहरुलाई पनि यसको प्रयोगको बारेमा सिकाउँदै लग्ने योजना रहेको वडा अध्यक्ष बज्राचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शैक्षिक संस्था दर्ता नगरे बन्द गर्ने कोहलपुरको चेतावनी

७ मंसिर २०८०, बिहीबार १३:१५
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले शैक्षिक संस्थाहरुलाई दर्ता गर्न आग्रह गरेको छ । व्रिज कोर्ष, तालिम केन्द्र ट्यूसन कोचिङ्ग, विदेशी भाषा कक्षा जस्ता विद्यालय बाहिर हुने शैक्षिक परामर्श सेवाहरु नगरपालिकामा दर्ता गरी सञ्चालन गर्न सूचना नै जारी गरेको छ । पालिकाका शिक्षा तथा यूवा खेलकुदका अधिकृत रवि मिजारले कोहलपुरमा […]