नेपालगञ्जको ११ औं नगरसभा सम्पन्न

सदरलाइन संवाददाता १६ असार २०७९, बिहीबार १७:०५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको ११ औं नगरसभा बिहीवार सम्पन्न भएको छ । नगरसभाले आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्टका अनुसार, कर्मचारीहरुको तलवी प्रतिवेदन तथा करार कर्मचारीको नविकरण गर्ने निर्णय पनि नगरसभाले गरेको छ । यसैगरी १० औं नगरसभादेखि ११ औं नगरसभाको बीचमा भएका निर्णय पनि नगरसभाले अनुमोदन गरेको छ ।

नगरसभाले नगर उपप्रमुख कमरुद्दिन राईको संयोजकत्वमा ३ सदस्यीय न्यायीक समिति गठन गरेको छ ।


नगरसभामा उपमहानगरपालिकामा सेवा गरेर अवकाश प्राप्त गरेका तथा अवकाशको संघारमा रहेका कर्मचारीहरुलाई सम्मान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत उमेर हदका कारण साउन पहिलोसाता अवकाश प्राप्त गर्ने भएकाले नगरसभामा सम्मान सहित विदाई गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राईले प्रमुख प्रशासकीय अधिकृत बस्नेतको विदाई गरे ।

यसैगरी सशितकुमार कलवार, रामचरण यादव, रामकृष्ण चौधरी,गगनसिंह साउद, टेकवहादुर केसी,कृष्णवहादुर केसी, नरवहादुर कठायत, उषा राणा, शिवकुमार वृजपति, स्व. रामसुरेश यादव, कृष्णदेवी वाल्मिकी, भद्रवहादुर शाही, शोभा बाल्मिकी र फकिरे भंगीलाई पनि सम्मान गरिएको प्रशासन महाशाखा प्रमुख राजन केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीको संयुक्त टोलीद्वारा ट्रकमा लुकाएर भरत लैजाँदै गरेको अफिम सिड बरामद

१६ असार २०७९, बिहीबार १७:०५
नेपालगञ्ज : बाँके प्रहरीले शुक्रबार बिहान नेपालगञ्जबाट जमुनहा नाका हुदै भारतको रुपैडिहातर्फ गईरहेको भारतीय नम्बरको बन्दबडी माल वहाक कन्टेनरमा ठूलो परिमाणमा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । सीमा नाका जमुनाहमा खटेको सशस्त्र प्रहरीका प्रहरी निरिक्षक जीवनलाल बुढा र नेपाल प्रहरीका बरिष्ठ प्रहरी नायव […]

सम्बन्धित