बाँकेमा हाते पम्पको खानेपानीमा आर्सेनिक समस्या

सदरलाइन संवाददाता २ मंसिर २०८०, शनिबार १४:४६
 

नेपालगञ्ज : बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगञ्जले केही समयअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गोपाल रेग्मीले जानकारी दिए ।

खासगरी बाँकेको डुडुवा गाउँपालिका तथा बर्दियाका राजापुर, मधुवन र गेरुवा गाउँपालिकामा हाते पम्पबाट आउने खानेपानीमा बढी आर्सेनिक देखिएको हो । पानी प्रयोगशालाका अनुसार बाँकेका केही स्थानमा खानेपानीमा क्याल्सियमको मात्रा पनि बढी देखिएको छ ।

पानी प्रयोगशाला, नेपालगञ्जका सहायक केमिस्ट रेग्मीका अनुसार खानेपानीमा चुनको मात्रा बढी हुनेलाई क्याल्सियम धेरै भएको मानिने र चुनको मात्रा बढी हुँदा खानेपानीको पाइप समेत जाम हुनसक्छ ।


उनले बाँकेको कोहलपुरमा खानेपानीमा क्याल्सियमको मात्रा बढी हुने समस्या देखिएको जानकारी दिए । पानी परीक्षणका क्रममा खानेपानीमा कोलिफर्मको मात्रा पनि देखिएको प्रयोगशालाले जनाएको छ । केही नमुनामा त्यस्तो देखिएको रेग्मीले बताए । शौचालय, गाई गोठनजिक हाते पम्पबाट आउने खानेपानीमा कोलिफर्म देखिन सक्ने प्रयोगशालाले जनाएको छ ।

खानेपानी प्रयोगशालाले फिल्डमा गएर र कार्यालयमा आएका खानेपानीको नमूना हेरेर लुम्बिनी प्रदेशबाहेक हुम्ला, जुम्ला र डोल्पा, जाजरकोटको पानी पनि परीक्षण गर्दैआएको छ । नेपाली सेना, नेपाल प्रहरी, खानेपानीको उपभोक्ता समिति, गैरसरकारी संस्थाले कार्यालयमा ल्याएको खानेपानीसमेत परीक्षण हुनेगरेको रेग्मीको भनाइ छ ।

उनले खानेपानीको विभिन्न प्यारामिटर परीक्षण हुने उल्लेख गर्दै खानेपानीको अमिलो वा टर्रोपना, विद्युतीय संवाहक, पानीको घुलित अवस्था, अमोनियालगायतका विषयको परीक्षण हुनेगरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लान्ट क्वारेन्टाइन बन्द हुँदा नेपालगञ्ज नाकाको भरमा उद्योगी

२ मंसिर २०८०, शनिबार १४:४६
नेपालगञ्ज : कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय, टुर मुकाम मोहना बन्द भएपछि उद्योगहरू प्रभावित भएका छन् । क्वारेन्टाइन बन्दका कारण आयात निर्यात ठप्प भएकाले उद्योग सञ्चालनमा समस्या भएको छ  । कैलालीसहित सुदूरपश्चिमको विभिन्न जिल्लामा उद्योग सञ्चालन गरेका उद्योगीले त्रिनगर भन्सार नाका भएर उद्योगका लागि कच्चा पदार्थ भित्र्याउन […]

ताजा अपडेट