राप्तीसोनारीमा शुक्रवार स्क्रिनिङ शिविर गरिने

सदरलाइन संवाददाता ५ पुष २०८०, बिहीबार १४:२५
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाका नयाँ बिरामी खोजी गरिने भएको छ । ४० वर्षमाथिका नागरिकहरुलाई मधुमेह र उच्च रक्तचापको जोखिम बढी हुने चिकित्सकहरु बताउँछन् । यी नसर्ने रोग हुन् । नसर्ने रोगीको पहिचान गर्नका लागि राप्ती सोनारीका दुई वटा वडामा स्क्रिनिङ शिविर नै राखिएको छ ।

शुक्रबार आभारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्ज र पुस ८ गते बिनौना स्वास्थ्य चौकीमा मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग स्क्रिनिङ शिविर आयोजना गरिएको हो । राप्तीसोनारी गाउँपालिका र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा लुम्विनी प्रदेश सरकारको सहयोगमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाका नयाँ बिरामी खोज्न शिविर राखिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए ।

स्क्रिनिङ शिविर भएकाले रोग पहिचान भएकाहरुको भने स्वास्थ्य चेकजाँच गरिने छैन । ‘समुदायमा जाँच नभइ पत्ता लाग्न नसकी लुकेर रहेका मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलाका नयाँ रोगी पत्ता लगाउनका लागि स्क्रिनिङ शिविरको आयोजना गरिएको हो सूचना अधिकारी श्रेष्ठले भने–‘रोगको पहिचान गरी बेलैमा उपचारमा सहजता होस् र बिरामीको अकालमा हुने मृत्यु रोकियोस् भन्ने उद्देश्य हो ।’


पछिल्लो समय नसर्ने रोगका कारण मानिसहरु अकालमा ज्यान गुमाइरहेका छन् । ४० वर्ष नाघेका नागरिकहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएकाले आफ्नो स्वास्थ्य चेकजाँच गराउन पालिका अध्यक्ष तप्त बहादुर पौडेलले आग्रह गरेका छन् ।

नयाँ बिरामी पत्ता लगाउने अभियान भएकाले निदान भइसकेका, औषधी खाइरहेका र पुराना बिरामीको शिविरमा स्वास्थ्य चेकजाँच नहुने पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । उनले मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगको शंका लागेका बिरामीले भने शिविरमा लाभ लिन सक्ने पनि उनको भनाइ छ ।

प्रदेश सरकारले नसर्ने रोगको पहिचान र निदानका लागि स्वास्थ्य कार्यालय बाँकेलाई पाँच लाख रुपैयाँ पठाएको छ । स्वास्थ्य कार्यालयले पालिकासँगको समन्वयमा स्क्रिनिङ शिविर राखेको हो । अन्य पालिकाहरुमा पनि शिविर राख्ने योजनामा स्वास्थ्य कार्यालय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नापतौल यन्त्र कैफियत गर्ने फर्म र ब्यापारी कारवाहीमा

५ पुष २०८०, बिहीबार १४:२५
नेपालगञ्ज : चार महिनाको अवधिमा नापतौल यन्त्र कैफियत गर्ने पाँच सय ६९ वटा फर्म, कम्पनी र ब्यापारीलाई कारवाही गरिएको छ । चालू आवमा ६ सय ९८ वटा नापतौल यन्त्र जाँच गर्दा पाँच सय ६९ वटा फर्म, कम्पनी र ब्यापारीलाई कारवही गरिएको गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जका प्रमुख कमल ओझाले वताए […]