नेपालगञ्जमा कन्ट्याक्ट ट्रेसिङ गरिने

सदरलाइन संवाददाता ३१ बैशाख २०७८, शुक्रबार १७:०९
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गराउने भएको छ ।

कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने भएको हो । उनीहरुका लागि पिसिआर र एन्टिजिन परीक्षण गरिनेछ । नगरमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र ब्यवस्थित बनाउन लागिएको हो ।


नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार नगरभित्र कन्ट्याक्ट ट्रेसिङका लागि ५ वटा समूह निर्माण गरिएको छ । समूहमा रहेका स्वास्थ्यकर्मी र प्राविधिकसहितको टोलीसहित शुक्रबार नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ ।

सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोरोना रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ अति आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार महासंघ बाँकेले एम्बुलेन्स किन्ने

३१ बैशाख २०७८, शुक्रबार १७:०९
नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले एम्बुलेन्स खरिद गर्ने भएको छ । महासंघ बाँके शाखाले कोरोना महामारीलाई मध्यनजर राख्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको हो । अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा आज बसेको बैठकले मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि […]