नेपालले बिआरआईलाई थप गतिका साथ अघि बढाउँछ : माधव नेपाल

सदरलाइन संवाददाता २४ कार्तिक २०८०, शुक्रबार १४:२३
 

काठमाण्डौ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालले बिआरआईलाई थप गतिका साथ अघि बढाउने बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा चीन पुगेका अध्यक्ष नेपालले खुनमिङमा आयोजित दक्षिण र दक्षिण एसियाली पार्टीहरूको भेला र अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले ‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रमलाई सम्बोधन गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्ष नेपालसहित एसियाका १ सय १९ वटा पार्टीका प्रतिनिधि सहभागी भएका छन् ।

अध्यक्ष नेपालले कनेक्टिभिटी (आवागमन), खुला विश्व अर्थतन्त्रलाई सहयोग, व्यावसायिक सहायता योजना, हरित विकास, विज्ञान प्रविधिको नवप्रवर्तन, जनता–जनताबीच आदान प्रदान, एकीकृत सहयोग परियोजना, बेल्ट र रोडका लागि संस्थागत विकासलाई सुदृढ गर्ने विषय सह्रानीय र दूरगामी महत्त्वको रहेको उल्लेख गरे ।

बिआरआई परियोजनाबाट आगामी दिनमा सिंगो विश्व लाभान्वित हुने उनको भनाइ छ ।


‘आगामी ५ वर्षमा १०० वटा प्रयोगशाला निर्माण, नमुना परियोजना, सानो तर स्मार्ट जीविकोपार्जन कार्यक्रम, बैंकद्वारा अर्बौं रकमको सहयोग परियोजना स्थापनाजस्ता कार्यक्रमबाट आगामी दिनमा सिंगो विश्व लाभान्वित हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । एक हजारवटा साना जीविकोपार्जन सहायता परियोजना कार्यान्वयन गर्ने चीनको प्रतिबद्धताले बिआरआईमार्फत चीनले मानव कल्याणका लागि गर्ने कामको नमुना प्रस्तुत गर्दछ’,अध्यक्ष नेपालले भने ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले बिआरआईमार्फत विश्वलाई उच्च गुणस्तरको सार्वजनिक वस्तु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त हुनु सिंगो विश्वको लागि खुसीको विषय भएको दाबी गरेका छन् ।

भ्रमणका क्रममा अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाटसमेत गरिसकेका छन् । उनीसहितको टोली कात्तिक २८ मा काठमाडौं फर्किनेछ ।

नेपालबाट कांग्रेस र राप्रपासहितका दलका प्रतिनिधि पनि यस सम्मेलनमा सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा मनाइयो अन्तर्राष्ट्रिय लेखा दिवस

२४ कार्तिक २०८०, शुक्रबार १४:२३
नेपालगञ्ज : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगञ्ज शाखा कार्यालयले शुक्रवार नोभेम्बर १० अन्तर्राष्ट्रिय लेखा दिवसका दिन प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी, विद्याथी लगायत अन्य सरोकारवालाहरु सहित करिब ६० जनाको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम संस्थाको शाखा कार्यालय श्रृष्टिहल रोडबाट शुरु भई […]