नेपालगञ्जबाट ६४ हजारसहित ९ जना जुवाडे पक्राउ

सदरलाइन संवाददाता २० कार्तिक २०८०, सोमबार १३:००
 

नेपालगञ्ज : नेपालगञ्ज–१० भृकुटीनगरबाट ९ जना जुवाडे पक्राउ परेका छन् । आइतवार राती करिब साढे ११ बजे गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय बाँकेबाट गएको टोलिले ९ जना जुवाडे पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसीको नेतृत्वमा गएको टोलिले निर्मल थापाको घरमा जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं डिएसपी नारायण डाँगीले जानकारी दिए ।


उनिहरुको साथबाट ६४ हजार नगद बरामद गरिको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज–१० का निर्मल थापा, गणेश मल्ल र जेबि सोनी नेपालगन्ज–४ बस्ने जिवानन्द अधिकारी र वादल योगी, नेपालगञ्ज–१८ बस्ने बिशल जोशी, नेपालगञ्ज–१ बस्ने सागर गिरि, नेपालगञ्ज–१० बस्ने आकाश ठकुरी र लम्की चुहा नगरपालिका–१ कैलाली बस्ने सागर रावत रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई जुवा एन अन्तरगत मुद्दा दर्ता गर्ने प्रहरीले तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१७ सय ग्राहकले बुझाए दुई करोड विद्युतको बक्यौता

२० कार्तिक २०८०, सोमबार १३:००
नेपालगञ्ज : लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आठ दिनको अवधिमा १७ सय सेवाग्राहीबाट झन्डै दुई करोड बाँकी बक्यौता रकम असुल भएको छ । कार्तिक १२ गतेदेखि १९ गतेसम्मको आठ दिनको समय अवधिमा १ हजार ७ सय ३१ जना सेवाग्राहीबाट १ करोड […]