पेटभित्र मरेको शिशुलाई अप्रेशन गरेर निकालियो

सदरलाइन संवाददाता २० कार्तिक २०८०, सोमबार १२:४९
 

नेपालगञ्ज : जाजरकोट भूकम्पबाट भेरी अस्पतालमा उपचाररत घाइतेहरूमध्ये आमाको पेटभित्र मरेको शिशुलाई शल्यक्रिया गरी निकालिएको छ । भेरी अस्पतालमा अहिलेसम्म सात जना घाइतेको अपरेशन गरिएको छ । घाइते भएकामध्ये ४१ जनाको भेरी अस्पतालमा उपचार चलिरहेको छ । हालसम्म ४३ जना भर्ना भएकोमा एक जनाको मृत्यु भएको छ भने एक जना डिष्चार्ज भएका छन् ।

एक जनाको आइसियूमा उपचार भइरहेको जिल्ला आपतकालीन कार्यालय सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । पहिले सिकिस्त भए पनि हाल सुधारोन्मुख घाइतेको संख्या दुई र सामान्य सुधारोन्मुख घाइतेको संख्या ३९ रहेको श्रेष्ठले जानकारी दिए । पछिल्लो १२ घन्टाभित्र चार जना घाइते भेरी अस्पतालमा थपिएका छन् भने एक जना उपचारपछि घर फर्किएको अस्पतालले जानकारी दिएको छ ।


सोमवार बिहानसम्म भेरीमा २३ महिला र १८ पुरुषको उपचार भइरहेको छ । यी मध्ये जाजरकोटका २७, रुकुम पश्चिमका १३ तथा बाँके र सल्यानका १/१ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट ६४ हजारसहित ९ जना जुवाडे पक्राउ

२० कार्तिक २०८०, सोमबार १२:४९
नेपालगञ्ज : नेपालगञ्ज–१० भृकुटीनगरबाट ९ जना जुवाडे पक्राउ परेका छन् । आइतवार राती करिब साढे ११ बजे गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय बाँकेबाट गएको टोलिले ९ जना जुवाडे पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसीको नेतृत्वमा गएको टोलिले निर्मल थापाको घरमा जुवा […]

सम्बन्धित