राप्तीसोनारीको करिब ८१ करोड बजेट सर्वसम्मत पारित

सदरलाइन संवाददाता १७ असार २०८०, आईतवार १६:१४
 

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट सर्वसम्मतले पारित भएको छ । गाउँसभाको १३औं अधिवेशनको दोस्रो बैठकले आइतवार सर्वसम्मतले बजेट पारित गरेको हो ।

राप्तीसोनारीले करिब ८१ करोड रुपैयाँ बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेको थियो । राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारुले असार १० गते पहिलो बैठकमा ८० करोड ९१ लाख २८ हजार रुपैयाँको बजेट गाउँसभाको १३औं अधिवेशनमा प्रस्तुत गरेकी थिइन् । त्यसअघि अध्यक्ष तप्तबहादुर पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम त्यसै दिन सर्वसम्मतले पारित भएको थियो ।

गाउँपालिकाले आगामी वर्षका लागि चालूतर्फ ६३ करोड ६ लाख २८ हजार र पूँजीगततर्फ १७ करोड ५८ लाख गरी कूल ८० करोड ९१ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको हो । राप्तीसोनारीले आगामी वर्षका लागि शिक्षातर्फ उल्लेखनीय बजेट विनियोजना गरेको छ । शिक्षाका लागि मात्रै ३५ करोड ९ लाख ३० हजार रुपैयाँ विनियोजना गरिएको हो ।


यस्तै स्वास्थ्यमा ७ करोड ३९ लाख १७ हजार विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, पर्यटन, सामाजिक विकास लगायतलाई जोड दिएको अध्यक्ष पौडेलले बताए ।

कार्यपालिका सदस्यहरु लक्ष्मी थारु, कमला विक र मंगल वलीले शून्य समयमा बोलेका थिए । लेखा समिति संयोजक केशवराज दमाईले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए भने विधायन समिति संयोजक रामलखन थारुले विधायन समितिको प्रतिवेदन २०७९÷८० प्रस्तुत गरेका थिए । यी दुबै प्रतिबेदन पनि सर्वसम्मत पारित भएको छ ।

उपाध्यक्ष थारुले असार १० गते गाउँसभामा प्रस्तुत गरेको न्यायिक समितिको प्रतिवेदन पनि पारित भएको छ । गाउँसभामा उपाध्यक्ष थारु, वडा नम्बर १ का वडा अध्यक्ष यमबहादुर खड्का, वडा नम्बर ३ का वडा अध्यक्ष मिनकुमार थारु, वडा नम्बर ४ का वडा अध्यक्ष मिनराज खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारु, वडा नम्बर ६ का वडा अध्यक्ष लवराज खरेल, वडा नम्बर ७ का अध्यक्ष रामलखन थारु, ८ का अध्यक्ष शालिकराम डाँगी र ९ का अध्यक्ष सोहनलाल चौधरीले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको राप्ती नदीमा फसेका ६ जनाको उद्धार

१७ असार २०८०, आईतवार १६:१४
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं.२ टिकुलिपुरस्थित बाख्रा चराउन गएका राप्ती नदीको बीच भाग टापुमा फसेका ६ जनाको प्रहरीले उद्धार गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्सेरगंज बस्ने बर्ष ६८ का दल बहादुर पुन, सोही ठाउँ बस्ने बर्ष ६० की तिलसरा थापा, बर्ष ५५ की खली […]

सम्बन्धित