भेरीमा भूकम्पपीडितका कुरुवालाई कम्बल र तन्ना वितरण

सदरलाइन संवाददाता १९ कार्तिक २०८०, आईतवार १४:२१
 

नेपालगञ्ज : कसौधन वैश्य समाज बाँकेका पूर्ब अध्यक्ष तथा व्यवसायी नन्दलाल वैश्यले भेरी अस्पतालमा उपचार गराइरहेका घाइते र कुरुवालाई ३१ थान कम्बल र ३१ वटा तन्ना वितरण गरेका छन् ।

कम्बल र तन्ना वितरणका लागि वैश्यले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरे । जाजरकोट र रुकुमपश्चिममा आएको भूकम्पमा परी घाइते भइ भेरी अस्पतालमा उपचाररत बिरामी र कुरुवालाई सहजता मिलोस् भनी सो कम्बल र तन्ना हस्तान्तरण गरिएको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका वैश्यले बताए ।

उनले यो दुःखद घडिमा सबैले मिलेर एकअर्काको सहयोग गर्नु प्रमुख धर्म भएको बताउँदै आवश्यक परे अरु पनि सहयोग गरिने जानकारी दिए । सोही प्रकारले अस्पतालमा रहेका घाइते र कुरुवालाई उनले आइतवार चिया विस्कुट र केरालगायत गरेर विहानको नास्ता पनि खुवाएका थिए ।


कम्बल र तन्ना लिंदै बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले सबैको सहयोग र समर्थन र दौडधुपले गर्दा घाइतेको उपचार समयमै गर्न सकिएको जनाउँदै भुकम्पपीडितको उपचार र अन्य सहयोगका लागि बाँकेवासीले देखाएको आत्मियता सह्रानीय रहेको बताए ।

उनले सुरक्षा निकाय, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, पत्रकार र अन्य नागरिकले दिएको सहयोग र हौसलाकै कारण यहाँ आएका सबै घाइतेको राम्रो उपचार हुँदा सबै सकुशल र खतरामुक्त रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपप्रधानमन्त्री खड्काले भेरी अस्पताल पुगेर घाइतेलाई भेटे

१९ कार्तिक २०८०, आईतवार १४:२१
नेपालगञ्ज : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा पुगेर भुकम्पका घाइतेलाई भेटेका छन् । अस्पतालमा रहेका घाइतेलाई भेटेका मन्त्री खड्काले उपचारमा कुनै कमी नहुने आश्वासन दिएका छन् । भारतीय राजदूताबासले नेपालगञ्ज विमानस्थलमा ल्याएर दिन थालेको राहत सामाग्री बुझ्न मन्त्री खड्का नेपालगञ्ज आएका हुन् । खड्कासँगै कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायतको टीम […]

सम्बन्धित

ताजा अपडेट