सदरलाइनडटकम,
बाँके (डुडुवा) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियास्थित जनएकता बहुउद्देशीय सहकारी संस्था लिमिटेडको कृषि गोदाम भवन उद्घाटन गरिँदैछ । उक्त भवन प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बुधवार दिउँसो उद्घाटन गर्नेछिन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन बाँकेको १२ लाख ४४ हजार अनुदान र २ लाख ५० हजार संस्थाको लगानीमा उक्त गोदाम भवन निर्माण भएको हो ।
जनएकता बहुउद्देशीय सहकारी संस्था लि., डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनिया, मकै जोन र जोन सञ्चालक समितिद्वारा आयोजित उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाले यस क्षेत्रको विकासबारे मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रले बताए ।
