कर्णाली प्रदेश पूर्णखोप प्रदेश घोषणा

सदरलाइन संवाददाता २६ आश्विन २०८०, शुक्रबार १४:१४
 

सुर्खेत : कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गरेका हुन् ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगीता मिश्रले भौगालिक अवस्थाले कठिन भए पनि पूर्ण खोपयुक्त बनाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताइन् । उनका अनुसार अहिलेसम्म ७२ जिल्ला र तीन प्रदेश पूर्णखोप घोषणा गरिएको छ । कर्णाली पूर्णखोप घोषणा हुने चौथो प्रदेश भएको छ ।


यहाँका दश जिल्लाका ३४ हजार ६७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा। रविन खड्काले जानकारी दिए । उजले खोप लगाउन छुटेकालाई पनि खोजेर खोप लगाउन सुझाउने बताए ।

कर्णालीको दैलेख विसं २०७४, सुर्खेत २०७५, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यान २०७९ मा तथा डोल्पा र हुम्ला २०८० मा पूर्णखोप जिल्ला घोषणा गरिएको थियो । घोषणासभामा जिल्ला समन्वय समिति सुर्खेत र मुगुका प्रमुखद्वय गङ्गाराम सुनार र मन्जन कार्कीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा खुल्यो पहिलो मल्टिप्लेक्स ‘भिएफएक्स सिनेमाज’

२६ आश्विन २०८०, शुक्रबार १४:१४
दाङ : दाङमा शुक्रबारदेखि ‘भिएफएक्स सिनेमाज’ नामक जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आएको छ । दुई युवा व्यवसायी बिजय रावत र चेतन जंग रानाले करिब २० करोडको लागतमा हल सञ्चालनमा ल्याएका हुन् । दुईवटा अडिटोरियम रहेको हलमा जम्मा ४१२ ९एउटामा १६५ र अर्कोमा २४७० सिट क्षमता छ । भिएफएक्स […]