भारतबाट फर्किएका थप ३ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २८ चैत्र २०७७, शनिबार १४:५८
 

नेपालगञ्ज : भारतबाट नेपालगञ्जको जामुनहा नाका भएर नेपाल फर्किएका ३ जनामा कोरोना देखिएको छ । जमुनाह नाकामा गरिएको एन्टिजेन परीक्षणमा बाँके, बर्दिया र दैलेखका एकएक जनामा भाइरस पोजेटिभ देखिएको हो ।

कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँके बैजनाथ गाउँपलिका ३ का २७ वर्षीय पुरुष, बारबर्दिया ७ बर्दियाका २५ वर्षीय पुरुष र नारायण नगरपालिका ५ दैलेखका २१ वर्षका पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

कोरोना पोजेटिभ देखिएका सबै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेशन कक्षमा भर्ना गरिएको ओलीले बताए । अहिलेसम्म भारतबाट फर्किएका १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Next Post

वितरण गरिएका पदकमा नयाँ नक्सा नभएको भन्दै प्रदर्शन

२८ चैत्र २०७७, शनिबार १४:५८
काठमाण्डौ : राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥यायाएकाहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूहनिकट युवा संघ नेपालका नेताहरुले विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न […]