भारत्तोलन एकेडेमीको निर्माण कार्य अन्तिम चरणमा

२३ भाद्र २०७४, शुक्रबार १९:२२
 

सदरलाइनडटकम 
२३ भदौ, नेपालगन्ज : नेपालगन्जमा आगामी वर्ष आयोजना गरिने आठौ राष्ट्रिय खेलकुद प्रतियोगीलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि आवश्यक पूर्वधारको निर्माण तीब्रगतिमा अघि बढेको छ ।

२०७५ सालमा नेपालगन्जमा गरिने सो प्रतियोगिताको लागि ८७ लाख रुपैयाको लागतमा नेपालगन्जमा निर्माण भईरहेको भारत्तोलन एकेडेमीको निर्माण कार्य अन्तिम चरणमा पुगेको शुक्रबार नेपालगन्जमा मध्यपश्चिम खेलकुद विकास समिति नेपालगन्जले जानकारी दिएको छ ।
मध्यपश्चिम खेलकुद विकाश समितिका अध्यक्ष भिम ओलीले आधुनिक भारत्तोलन एकेडेमी निर्माण राष्ट्रिय खेलकुद परिषदको ८७ लाख रुपैयामा स्थानीय उपभोक्ता समिति मार्फत निर्माण कार्य सुरु गरेको जनाउदै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ को सफलतापुर्वक सम्पन्न गर्नका लागि भौतिक पुर्वाधार निर्माणका कार्य तिब्रगतिमा भई रहेको जानकारी दिए ।
उनले सो प्रतियोगिताको लागि भौतिक पुर्वाधारका निर्माणका लागि आवश्यक पर्ने रकम नेपाल सरकारले ७० करोड रुपैया छुट्टयाएको बताए । नेपाल भारत्तोलन संघका केन्द्रीय अध्यक्ष रतनकुमार टन्डनले निर्माण भईरहेको भारत्तोलन एकेडेमीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रयोगिता सम्पन्न गराउने सक्ने बताए । फोटो : टिएस ठकुरीको फेशबुकबाट


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पनि मनाईयो विश्व प्राथमिक उपचार दिवस

२३ भाद्र २०७४, शुक्रबार १९:२२
सदरलाइनडटकम  २४ भदौ, नेपालगन्ज : ‘घरेलु दुर्घटनामा प्राथमिक उपचार’ भन्ने मुल नाराका साथ शनिवार बाँकेमा विश्व प्राथमिक उपचार दिवस मनाइएको छ । हरेक वर्ष सेप्टम्बर महिनाको पहिलो शनिवारका दिनलाई विश्वभरी नै प्राथमिक उपचार दिवस मनाउने परम्परा अनुसार बाँकेमा पनि सो दिवस मनाईएको हो । सो दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी […]