बाँकेका तीन सःमिलमा छापा, अवैध काठ बरामद

सदरलाइन संवाददाता १७ श्रावण २०८०, बुधबार १६:०६
 

नेपालगञ्ज : डिभिजन वन कार्यालय बाँकेले जिल्लाका विभिन्न तीन वटा सःमिलमा छापा मारेको छ । नेपालगञ्ज सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेका अनुसार छापा मार्दा अवैध काठ बरामद भएको छ ।

उनका अनुसार विभिन्न ठाउँबाट अवैध काठ ओसारपसार गरी चिरानका लागि जिल्लामा रहेका सःमिलमा राखेको भन्ने सूचनाका आधारमा बाँकेका तीन वटा मिलमा छापा मारेर अवैध काठ बरामद गरिएको छ ।

सहायक डिभिजनल वन अधिकृत पार्धेका अनुसार १९१.७८ क्यूफुट अवैध सालको चिरान काठ र ५१.०२ क्यूफुट अवैध खयरको गोलिया बरामद भएको छ । मङ्गलबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २०, राँझास्थित मनकामना सःमिलबाट ९४ थान सालको ५१.८२ क्यूफुट चिरान काठ र जानकी गाउँपालिका ६, पिप्रहवास्थित शिवशङ्कर सःमिलबाट १ सय ४९ थान सालको १ सय ३३.९६ क्यूफुट चिरान काठ बरामद गरिएको पार्धेले जानकारी दिए ।


त्यसैगरी बुधवार बिहान जानकी गाउँपालिका ३, मानपुरस्थित जनता सःमिल प्रालिबाट ५६ थान खयर गोलियाको ५१.०२ क्यूफुट काठ बरामद गरिएको उनले बताए ।

बरामद गरिएका सबै काठहरु डिभिजन वन कार्यालय बाँकेमा ल्याइएको उनले जानकारी दिए । बरामद गरिएका काठ र त्यसमा संलग्न व्यक्तिका बारेमा थप अनुसन्धान थालिएको उनले बताए । बाँकेमा पछिल्लो समयमा अवैध काठको ओसारपसार तथा चोरी तस्करी बढको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कथा लेखनबारे दुईदिने कार्यशाला नेपालगञ्जमा शुरु

१७ श्रावण २०८०, बुधबार १६:०६
नेपालगञ्ज : लैङ्गिक संवेदनशिलता कथा लेखन र भाषाका विषयमा दुईदिने कार्यशाला नेपालगञ्जमा शुरु भएको छ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवालाई सञ्चार माध्यममा कसरी उठाउने भन्ने विषयमा क्षमता अभिबृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो । युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जद्वारा सञ्चालित “नागरिक समाज र […]