धुमधामका साथ ‘मोहम्मद डे’ मनाईदै

सदरलाइन संवाददाता ११ आश्विन २०८०, बिहीबार १२:२८
 

 

नेपालगञ्ज : ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्मदिन अर्थात ‘मोहम्मद डे’ देश विदेशमा रहेका ईस्लाम धर्मावलम्बीहरुले धुमधामले मनाउदै छन् ।

ईस्लामीक क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको अरबी १ तारिखदेखि १२ तारिखसम्म टोल गल्ली सजावट गर्ने र आज बिहीबार १२ तारिखको दिन मोहम्मदी जुलूस निकाल्ने मुस्लिम समुदायको चल्न रहेको छ ।

यसै चलन अनुसार बाँकेमा रहेका ईस्लाम धर्मावलम्बीहरुले विभिन्न स्थानबाट नेपालगञ्जमा जम्मा भएर बिहानैदेखि बाजागाजा र झण्डासहित नेपालगञ्ज नगरको परिक्रमा गरेका छन् ।

नेपालगञ्जमा गल्ली र सडकहरु सजिनुका साथै सडकमा गुड्ने सवारी साधनमा समेत मदीना नामको झण्डा लगाइएको छ । नेपालगञ्जका मुस्लिम समुदायका मुसलमानहरुले आ–आफ्नो घरमा मदिनाको फोटो र सरकारकी आमद मरहबा लेखिएको झण्डा लगाएका छन् ।


सो अवसरमा धार्मिक प्रवचन गर्नुका साथै घरटोल र मस्जिदलाई सजाउदै इस्लाम धर्मका प्रवर्तक मोहम्मद सल्लललाहो अलैहेवसल्लमको शुभ जन्मोत्सव अर्थात मोहम्मद डे धुमधामका साथ मनाईदै छ् ।

बिहानैदेखि शुरु भएको जुलुस दिउसो २ बजेसम्म चल्ने नेपालगञ्जका मुस्लिम अगुवा मेराज अहमद (हिमालय)ले बताए । जुलुसमा बालबालिकादेखि ज्येष्ठ नागरिकको समेत सहभागिता रहेको छ ।

मुस्लिम अगुवा (हिमालय)का अनुसार यो जुलुस जामामस्जिददेखि घोसीटोल, फुल्टेक्रा, आँखा अस्पताल, डिएसपीरोड, एमपी स्कुल, रानी तलाउ, एकलैनी, त्रिभुवनचोक, वीपीचोक धम्बोजी हुँदै न्युरोडपछि गौसीया मस्जिदमा गएर समापन हुने कार्यक्रम रहेको छ ।

गौसीया मस्जिद, जामा मस्जिद लगायत सबै मस्जिदहरुमा मिलाद फातिहा गराउने र घर–घरमा मिठो खाने कुराहरुमा फातिहा दिने रहेका छन् । मुस्लिम समुदायको मोहम्मद डे उत्सव जुलुसलाई व्यवस्थापन गर्न शहरमा सुरक्षा व्यवस्था सुदृढ बनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले कर्णालीको बन्दशत्र शुरु: ११ सदस्यीय अध्यक्ष मण्डल

११ आश्विन २०८०, बिहीबार १२:२८
सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेशको बन्द शत्र शुरु भएको छ । बुधबार भएको प्रथम अधिवेशनको उद्घाटन शत्र बिहीबार बिहान ८ बजे शुरु हुने भनिए पनि केहि प्राविधिक तयारी गर्नु परेका कारण ढिला भएको प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । बन्द शत्र सनंचालनका लागि अध्यक्ष शाहले एमाले सचिव लेखराज […]