कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु

सदरलाइन संवाददाता १४ बैशाख २०७८, मंगलवार १७:०५
 

नेपालगञ्ज : बाँकेमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीका ४३ बर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुषको आज दिउँसो २ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

यस्तै भेरी अस्पतालमा उपचाररत बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ की ४८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए ।

यो संगै कोरोनाबाट बाँकेका ९५ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मंगलवार १०६ जना कोरोनामुक्त भई डिस्चार्ज

१४ बैशाख २०७८, मंगलवार १७:०५
नेपालगञ्ज : बैशाख महिनाको शुरुवातबाटै कोराना हटस्पट बनेको बाँकेमा संक्रमितहरु निको हुने क्रम पनि बढेको छ । संक्रमित थपिने र मृत्यु हुने क्रम जारी रहेकै बेला ठूलो संख्यामा संक्रमितले कोरोना जितेर घर फर्किन थालेका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार उच्च मनोबलका साथ कोरोनासंग लडेका १०६ जना […]