आमाको पुन्यतिथिमा निलसागर आश्रमलाई सहयोग

सदरलाइन संवाददाता ९ आश्विन २०८०, मंगलवार १६:३४
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ वि गाउँ बस्ने दिदिबहिनीले आमाको पुन्यतिथिमा नेपालगञ्जमा रहेको निलसागर सेवा आश्रमलाई सहयोग गरेका छन् ।

स्वर्गिय दिल कुमारी देवी तामाङ्गको सम्झनामा दुई छोरी र ज्वाईहरु भएर सेवा आश्रममा खाद्यान्न, सरसफाईका सामग्री लगायत प्रदान गरेका थिए । आमाको ५ औं पुन्यतिथिमा छोरीहरु कल्पना तामाङ्ग, विमला विमला आले, ज्वाईहरु लिलामणी थापा, दान बहादुर आले र दाई हरि कुमार तामाङ्गले सेवा आश्रमका लागि ४५ हजार बराबरको आवश्यक सामग्री प्रदान गरेका हुन् । निल सागर सेवा आश्रममा हाल २ सय ३ जनाको संख्यामा आश्रय लिनेहरु रहेका छन । जसमा बालबालिका मात्रै ६६ जना रहेका छन् । आश्रमको अवस्था नाजुक रहेको अध्यक्ष सरिता खनालले बताइन् ।


आमाको पुन्य तिथिको अवसरमा आश्रममा सहयोग गर्ने दिदिबहिनीलाई धन्यबाद दिँदै अध्यक्ष खनालले सेवा आश्रमलाई सबैले सहयोगले सन्चालन गरिरहेको बताइन् । पछिल्ला दिनमा सेवा आश्रममा रहेका आमाबुवाहरु भाइरल फिवरका कारणले विरामि परेकोले उपचारमा समेत कठिनाई भएको अध्यक्ष खनालले गुनासो गरिन । बालबालिकाहरुलाई आवश्यक पर्ने स्टेश्नरी सामाग्रीको अभाव हुँदा व्यवस्थापन गर्न गाह्रो भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन न्यूनेपालगञ्ज सवस्टेशनको शिलन्यास

९ आश्विन २०८०, मंगलवार १६:३४
नेपालगञ्ज :  उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले बाँकेमा गुणस्तरिय विद्युत प्रशारणका लागि कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको बुधबार शिलान्यास गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं. ५, बकसपुरमा कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको […]