सुरक्षित बैदेशिक रोजगारको सचेतना जिल्लाका सबै गाविसमा पुराउन माग

११ पुष २०७३, सोमबार ०३:२६
 

सदरलाइनडटकम ,
११ पुुस, नेपालगन्ज : बैदेसिक रोजगारमा जाँदा अपनाउनु पर्ने सावधानीका बारेमा जनचेतना जिल्लाका सबै गाविसमा पु¥याउनु पर्ने माग आएको छ । सुरक्षित बैदेशिक रोजगार तथा आप्रवासी कामदारको रुपमा जानु पूर्व आफु जाने ठाँउ, तिर्नु पर्ने रकम र पाउने सेवा सुविधाको बारेमा खुलेर जानकारी लिएर जाने वा बैदेशिक रोजगारमा ठगिएमा निशुल्क कानूनी उपचारको लागि सेवा दिदै आएको पिपुल्स फोरमले बाँकेमा आयोजना गरेको सीमक्षा बैठकका सहभागिले सो माग गरेका हुन ।
बाँकेका स्थानीय विकास अधिकारी हरी प्याकुरेलको अध्यक्षतामा बसेको बैठकमा पिपुल्स फोरमका कानून अधिकृत सनत कुमार शर्माले पिप्ुल्स फोरमले बाँकेका १० वटा अति जोखिममा रहेका गाविसमा सुरक्षित बैदेशिक रोजगारको लागि गाविस स्तरिय जनचेतना कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
उनले भने–‘पिपुल्स फोरमले जिल्लाका १० वटा गाविसमा सुरक्षित बैदेशिक रोजगारको बारेमा गाविस स्तरिय सचेतना अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरेपछि त्यसको प्रतिक्रिया विस्तारै आउन सुरु भएको छ ।’ उनले गाविसमा सचेतना अभियान सञ्चालन पछि १२ जनाले कानूनी परामर्श र सेवा लिन आएको जानकारी दिए ।
‘बैदेशिक रोजगारमा ठग्ने र ठगिने आफ्नै घरपरिवारको नातागोता हुने भएको र पीडित आफु ठगिएको उजुर गर्न नमान्ने गरेको भए पनि पछिल्लो समयमा फाटपुट उजुरी आउने गरेको छ’–उनले भने । उनले जिल्लामा कार्यक्रम सञ्चालन भएपछि १२ जनालाई कानूनी परामर्श दिएको बताए । आफन्तको सहयोगमा बिदेश जानेहरु अधिकांश पर्यटक भिसामा विदेस जाने र त्यहाँ पुगेर अलपत्र पर्ने गरेको आफुहरुले प्रमाण नै फेला पारेको बताए । उनले पिपुल्स फोरम नेपालगन्जमा आएको १२ केस मध्ये लगभग सबै पर्यटक भिसामा बिदेस जान लागेका वा केही विदेसमा पुगेर समस्यामा परेका रहेको बताए ।
बाँकेका स्थानीय विकास अधिकारी प्याकुरेलले सुरक्षित बैदेशिक रोजगारमा जानको लागि अपनाउनु पर्ने विभिन्न सचेतनाका प्रकृयाहरु जनस्तरसम्म पु¥याउनको लागि पिपुल्स फोरमले थप पहल गर्नुपर्ने र आफ्नो क्षेत्रबाट जिविसले पनि सकेको गर्ने बताए ।
उनले बाँकेबाट बैदेशिक रोजगारमा गएका जो केहीले पनि यो या त्यो बाहानामा ठगिन नहुने गरे अवलम्बन गर्न सकिने सबै सचेतनाका उपायहरु प्रयोग गर्ने वतावरण मिलाउन समेत आग्रह गरे । बाँकेमा क्रियाशिल रहेको विभिन्न मेनपावर एजेन्सी र तिनको बैद्यताको बारेमा समेत खोजतालास गरिनु पर्ने सो अवसरमा सुझाव आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कारागारका कैदीलाई चिसोबाट जोगाउन कम्मल बितरण

११ पुष २०७३, सोमबार ०३:२६
सदरलाइनडटकम   ११ पुस, नेपालगन्ज : चिसोबाट जोगाउने उद्देश्यले नेपालगन्ज कारागारमा रहेका कैदीबन्दीलाई नेपालगन्जका मुस्लिम समुदायले कम्मल बितरण गरेका छन् । कारागरमा कैदी बन्दी जीवन बिताई रहेका विपन्न कैदीबन्दीलाई चिसोबाट जोगाउने उद्देश्यले दुईसय थान कम्मल वितरण गरिएको हो । स्थानीय नेपाल ज्वैलर्सको तर्फबाट हाजी शकिल अहमद जसगढद्वारा उपलब्ध गराईएको सो […]