संघमा प्यानल रहित एक्ला उम्मेदवार कुमाल

७ माघ २०७६, मंगलवार ०२:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनमा सदस्य पदको एक्लो स्वतन्त्र उम्मेदवार हुन रमेशचन्द्र कुमाल ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ स्थायी निवासी कुमाल कालिका आर्डर सल्लायर्सका प्रोप्राइटर हुन । कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त जिल्ला कमिटी, बाँकेका संस्थापक अध्यक्ष समेत रहेका उनी निर्वाचनमा आफु कुनै पनि समुहमा नभई सबैको साझा उम्मेदवारको रुपमा निर्वाचनमा उम्मेदवारी दिएको बताए ।

उनले भने–‘मैले कर सहयोगीको रुपमा मात्रै न भएर आफु पनि ब्यावसायी भएको कारण व्यावसायीको पीर मर्का बुझेको छु । ब्यावसायीक हितको लागि सहयोगी भुमिकामा हुने छु । त्यसैले सबैको प्यारो र नजिकको उम्मेदवार आफु हुँ भन्ने लागेको छ ।’


सदस्य पदमा उम्मेदवार रहेका उनको क्रम संख्या नं १८ हो । उनले दुवै प्यानल बनाएर निर्वाचनमा होमिएको बेलामा आफु दुबै पक्षको प्यारो भएको दाबी गर्दै स्वतन्त्र भएर उम्मेदवारी दिएको बताए ।

उनी दर्जन बढी विभिन्न संघसंस्थामा आबद्ध रहेका छन् । मानवअधिकार तथा शान्ति समाजको आजीवन सदस्य, रामलिला सञ्चालक समितिका आजीवन सदस्य, नेपाल प्रजापति कुम्भकार संघ (काठमाण्डौं)का केन्द्रीय सदस्य्, कर सहयोगी, २०४९सालदेखि २०५४ सालसम्म नेपालगञ्ज उपमहानगरपालिकाका सल्लाहकार सभा सदस्य (मनोनित), नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन जिल्ला कार्य समिति सदस्य पदमा निर्विरोध निर्वाचित भएका थिए ।

Next Post

बागेश्वरीमा सरस्वतीको मन्दिर स्थापित

७ माघ २०७६, मंगलवार ०२:४६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा माता सरस्वतीको मूर्तिसहित मन्दिर स्थापना गरिएको छ । नवनिर्मित मन्दिरको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले मंगलवार उद्घाटन गरेका छन् । नेपालगञ्जका उद्योगपति राजेश नारायण श्रेष्ठ र उनकी धर्मपत्नि अञ्जिता श्रेष्ठले हजुरबुवा स्व. हरिबहादुर श्रेष्ठ र हजुरआमा […]