राप्ती बबई क्याम्पस तुलसीपुरले प्राप्त गर्यो ‘क्यूएए’

सदरलाइन संवाददाता २ मंसिर २०७९, शुक्रबार १४:२७
 

नेपालगञ्ज : पश्चिम दाङको उच्चतहको शैक्षिक केन्द्रका रुपमा परिचित राप्ती बबई क्याम्पस तुलसीपुरले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) मुल्याङकनको प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

देशभरका १ हजार ४ सय ४० क्याम्पस मध्ये यो वर्ष ८२ वटा क्याम्पसले क्यूएए प्राप्त गरेका छन् ।

धेरै चरणहरु पार गरेर राप्ती बबई क्याम्पसले क्यूएए प्राप्त गर्न सफल भएको र यो एउटा एतिहासिक बिजयी रहेको क्याम्पस प्रमुख युवराज रावतले जानकारी दिए ।

क्याम्पसका सबै शिक्षक, विद्यार्थी लगायत विभिन्न क्षेत्रको साथ सहयोग र मेहनतका कारण क्याम्पसले क्यूएए प्राप्त गर्न सफल भएको क्याम्पस प्रमुख रावतले बताए ।

क्यूएएको प्रमाणपत्र प्राप्त गर्नु मात्रै ठुलो कुरा नभएको बताउँदै क्याम्पस प्रमुख रावतले अब यो गणस्तिरयतालाई कसरी बचाउँने भन्ने अवसरका साथ चुनौति थपिएको बताए ।


आफुहरुले कडा मेहनतका साथ क्याम्पसको गुणस्तिरिएतालाई बचाउने पनि उनले बताए । क्यूएए प्राप्तीको लागि गएको भदौ २१ गतेदेखि २३ गते प्रा. देवराज अधिकारीसहितको तीन सदस्य टोलीले तीनदिनसम्म क्याम्पसको अनुगमन गरेको थियो ।
त्यसअघी गएको वर्ष पहिलो चरणको अनुगमन भएको थियो ।

अनुगमन टोलीले विद्यालय ब्यबस्थापन समिति, बिभागिय शिक्षक, विद्यार्थीसंग अन्तरक्रिया गर्नुका साथै भौतिक अबस्थाको पनि अवलोकन गरेको थियो ।

क्यूएए प्राप्त क्याम्पसको प्रत्येक पाँच पाँच वर्षमा गुणस्तर कायम छ या छैन भनी अनुगमन हुन्छ । क्यूएए प्राप्त गरेका क्याम्पसले क्वालीटिको आधारमा थप अनुदानहरु प्राप्त गर्दछन् ।

क्यूएए प्राप्त क्याम्पसबाट पास भएर जाने विद्यार्थी प्रति विद्यार्थी ३५ हजारका दरले अनुदान पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुरक्षाको दृष्टिकोणले कैलाली अति संवेदनशील

२ मंसिर २०७९, शुक्रबार १४:२७
कैलाली : सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीमा सुरक्षाको दृष्टिकोणबाट अति संवेदनशीलमा पर्छन् । मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मतगणनाको परिणाम घोषणासम्म विशेष सुरक्षा व्यवस्था लागू गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले अतिसंवेदनशील जिल्लामा परेको कैलालीका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था […]