जनमतद्वारा वृहद् रक्तदान, ८ महिलासहित ६० जनाले गरे रक्तदान

१३ माघ २०७४, शनिबार २०:५२
 

सदरलाइनडटकम
१३ माघ नेपालगन्ज :  जनमत अद्र्ध साप्ताहिकको आयोजनामा नेपालगन्जमा आयोजित वृहद् रक्तदान कार्यक्रममा ८ जना महिला सहित ६० जनाले रक्तदान गरेका छन् । जनमतले हिमालयन बैंक लिमिटेड नेपालगन्ज शाखा तथा सो बैंकको कर्मचारी संगठनसंगको सहकार्यममा वृहद् रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित त्रैमासिक रक्तदान कार्यक्रमको ३६ औं श्रृङ्खलामा हिमालयन बैंक लिमिटेडको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो ।
हिमालयन बैंक लिमिटेड र बैंकको कर्मचारी संगठनसंगको सहकार्यमा आयोजित सो कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका सहनिर्देशक पूर्णबहादुर महर्जन, बैंक कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष सुनिल शर्मा सापकोटाले चार जना स्वयम्सेवी रक्तदातालाई रगत संकलन गरिने पाकेट हस्तारण गरी प्रारम्भ गरिएको हो । सो अवसरमा जनमतका सम्पादक पूर्ण लाल चुकेले स्वागत गर्दै ११ वर्ष अघिदेखि निरन्तर रुपमा त्रैमासिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।
नेपालगन्जको धम्बोझी स्थित हिमालयन बैंक लिमिटेडको नेपालगन्ज शाखा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा रक्तदान दिनेहरुमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य झलक गैरे, हिमालयन बैंक लिमिटेड नेपालगन्ज शाखाका प्रवन्धक शैलेन्द्रमान श्रेष्ठ, स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष पदमा बस्नेत, लोकप्रिय सन्देश दैनिकका सम्पादक गोविन्द शर्मा, भिजन टेलिभिजनका भगतराम चौधरी, रेडियो कृष्णसारका प्रमोद डि.जी., योगराज चौधरी (योगेश), आँशु श्रेष्ठ, मेघराज जि.एम., निराजन उपाध्याय, प्रहलाद विश्वकर्माले रक्तदान गरेका थिए ।
यसैगरी हिमालयन बैंक लिमिटेड नेपालगन्ज शाखाका गोकुल ज्ञवाली, सरोज रेग्मी, दिनेश दाहाल, विनिता श्रेष्ठ, समन इकवाल सिद्दीकी, सुनिल चौधरी, फुलबहादुर स्यानतान रोशनी पोखरेल, मनिषा पोखरेल, जुनी थारु, कमला चापाईं, नेपाल रेडक्रस सोसाइटी बाँकेका रविन्द्र कुमार मिश्र, नियमित रक्तदाताहरुमा विनोद कुमार वैश्य, पवन कुमार वैश्य, सुरेश कुमार वैश्य, भगवान शरण यादव, जवाहर लाल वर्मा, मनमोहन वर्मा, गंगा प्रसाद काँदू, जनकी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष रमेश कुमार वर्मा, धर्मेन्द्र सिंह, सद्भाव एफएमका नरेन्द्र सिंह, अजबुद्दीन बागवान, मुस्ताक अहमद जसगढ, राजन वर्मा, कान्तिपुर दैनिकका शेर बहादुर बोहोरा लगायतले रक्तदान गरेका थिए ।
कार्यक्रम संयोजक पवन जायसवालका अनुसार सो अवसरमा रक्तदाताहरुलाई नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका सहनिर्देशक पूर्ण बहादुर महर्जन, बैंक कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष सुनिल शर्मा सापकोटा, नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष ठाकुर सिंह थारु, यस क्षेत्रकै उत्कृष्ठ महिला रक्तदाता सरिता ज्ञवाली, जनमतका सम्पादक पूर्ण लाल चुके र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दकिीले रक्तदाता र सहयोग गर्नेहरुलाई प्रशंसा पत्र तथा टिसर्ट प्रदान गरेका थिए ।
सो बैंकका सरोज रेग्मीले दिएको जानकारी अनुसार सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, गुञ्जा कनौजिया, सञ्जय बढई, वीरेन्द्र योगी लगायतले प्राविधिक सहयोग गरेका थिए ।


    

Next Post

आधुनिक ढोकाको उत्पादक म्याट्रीक्स उड ईन्डष्ट्रीजको अन्तरक्रिया

१३ माघ २०७४, शनिबार २०:५२
सदरलाइनडटकम  १४ माघ, नेपालगन्ज : आधुनिक र गुणस्तरिय ढोका उत्पादन गर्दै आएको म्याट्रीक्स उड ईन्डष्ट्रीज नेपालगन्जले आफ्नो उत्पादनको बारेमा सञ्चारकर्मी र डिलरसँग अन्तरक्रिया गरेको छ । नेपालगन्जमा आईतबार एक कार्यक्रमका बीच सो उद्योगले आयोजना गरेको कार्यक्रममा उद्योगका निर्देशक टंक धामीले उद्योगले गर्दै आएको उत्पादन, बजारीकरण लगायत विषयमा जानकारी गराएका थिए […]