राज्यको बित्तिय बितिरण प्रणालीमा हस्तान्तरण भएको पाँचअरब स्थानीय तहमा रोकियो

सदरलाइन संवाददाता ३१ भाद्र २०८०, आईतवार ११:२७
 

काठमाण्डौ : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका बिभिन्न सेवामा कार्यरत दितीय तहका अधिकृतहरुको सेवाकालीन तालिम अन्तर्गतका एसिएमआईडि–२ को ‘नो योर ईकोनोमी’ शीर्षकमा यार्षा समूहका प्रशिक्षार्थीहरुले ‘बित्तिय बितिरणका चारवर्षको अभ्यास’ बिषयक एक दिने सेमिनार ललितपुरमा सम्पन्न भएको छ ।

सो सेमिनारमा प्रस्तुत गरिएको कार्यपत्रमा नेपालले अंगिकार गरेको संघीय संरचना अन्तर्गत तीनै तहमा बित्तिय बितिरण गरिएको बजेटको उपयोग खर्च वार्षिक ८० प्रतिशत भन्दा बढि हुन नसकेको अध्ययनले देखाएको छ्र ।

यसैगरि स्थानीय तहले सो रकम खर्च गर्न नसके संघको कोषमा फिर्ता नगरी आफ्नै कोषमा राख्ने गरेकाले उदेश्य अनुरुप विकास हुन नसकेको उल्लेख छ । सो कार्यपत्रको प्रमुख उद्देश्य विनियोजित राजस्वको उचित उपयोग र राष्ट्रियकोषको नीतिगत सुधारका लागि सुझाब प्रस्तुत गर्नु रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि प्रतिष्ठानका बरिस्ठ निर्देशक त्रिलोचन पोखरेलले संघियता अहिले पनि अभ्यासको क्रममा रहेकोले उचित व्यवस्थापन गर्नमा जोड दिए । उनले ससर्त अनुदान राज्यको मुख्य सन्चालन खर्चमा रहेकोले यसलाई अझ बढी व्यस्थित बनाउनुका साथै राजस्व संकलन र बितरण स्थानीय र संघमा दोहोरो हुनु पर्नेमा जोड दिए ।


कार्यक्रमका बिशेष अतिथि प्रतिष्ठानका अध्ययन निर्देशकद्वय डा. रघु बिस्ट र अनिता पौडेलले आर्थिक विकासका बिभिन्न आयामहरुको कसीमा विकास खर्च र राजस्व संकलन लाई हेर्नुपर्ने कुरामा जोडदिए ।

उनीहरुले अध्ययनको दायरालाई अझ बढी फराकिलो बनाई बिभिन्न अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेटेर लैजानु पर्नेमा जोड दिदै बित्तिय बितरणका चार बर्षमा बजेट विनियोजन संगै बेरुजु पनि उत्तिकै बढेकोले आर्थिक सुचांकमा सुधार गर्नु पर्ने देखिएको बताए । तीनै तहमा आपसी समन्वयको आभाव र मनोबैज्ञनिक त्रासको बाताबरणले पनि समुचित खर्चको बयस्थापन हुन् सकेको छैन । सो सेमिनारको प्रस्तुतिकरण समुहको तर्फबाट ध्रुवप्रसाद पाण्डे र दिपक लामिछानेले गरेका थिए ।

सागर प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, एसिएमआईडि–२ कार्यक्रमका संयोजक गोबिन्द भण्डारी, सेमीनार सहजकर्ता शितल मोक्तान, टिप्पणीकार दानबहादुर थापा, सुदिना कुइकेल र मनोजकुमार साहले रिपोर्टरको भूमिका निर्वाह गरेको कार्यक्रमको संचालन विजय कुमार वर्माले गरेका थिए । सो तालिममा बिभिन्न सरकारी तथा सार्वजनिक निकायका २४ जना प्रशिक्षार्थीहरुको सहभगिता रहेको छ्र ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको पुर्ब–पश्चिम राजमार्गमा शक्तिशाली विष्फोट

३१ भाद्र २०८०, आईतवार ११:२७
कोहलपुर (बाँके) : पुर्ब–पश्चिम राजमार्ग अन्तरगत बाँकेको ढकेरी नजिक शक्तिशाली विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) नारायण डाँगीका अनुसार शनिबार राती पुर्ब–पश्चिम राजमार्गको ढकेरीदेखि करिव ३ किलोमिटर पुर्बमा विष्फोट भएको हो । विष्फोट भएको स्थान मानव बस्तीभन्दा टाढा जंगलमा पर्छ । स्थानीय बासिन्दाले आइतबार बिहान विष्फोट भएको […]

सम्बन्धित