खजुरा तीज महोत्सवको तयारी अन्तिम चरणमा

सदरलाइन संवाददाता ३० भाद्र २०८०, शनिबार १४:१०
 

खजुरा (बाँके) : खजुरा क्षेत्र संरक्षण समितिको १८ औं श्रृङ्खलाकारुपमा आयोजना गरिएको १८औं बृहद् तीज महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सवमा भाग लिने स्थानीय महिलाहरुको समुह र एकल नृत्यमा भाग लिने कलाकारहरुले धमाधम नाम दर्ता गर्न सुरु गरेको आयोजक खजुरा क्षेत्र संरक्षण समितिले जनाएको छ । खजुरा बजारको लक्ष्मीनारायण मन्दिर अगाडि हुने महोत्सवमा लोकनृत्य र लोक संगीत बिधामा खजुरा क्षेत्रकै नाम उच्च स्थानमा पु¥याउने खजुरा क्षेत्रका ख्यातिप्राप्त नृत्य निर्देशक तथा बाद्यवादक केबीशाहीलाई सम्मान गरिने क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेमबहादुर बुढाथोकीले बताए ।

खजुरा क्षेत्रमा संगीत यात्रा शुरु गरि नेपालका बिभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा लोकनृत्य बिधामा प्रथम बनाउन सफल नृत्य निर्देशक तथा ख्यातिप्राप्त बाध्यवादक केबी शाहीलाई सम्मान गर्ने निर्णय गरिएको बुढाथोकीले बताए । शाहीले नृत्य सिकाएका धेरै कलाकारहरु नेपालका बिभिन्न प्रतियोगिताहरुमा प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

महोत्सवमा मौलिक तीजको गीत र नृत्यलाई प्रोत्साहित गरिने तथा प्रतियोगितामा भाग नलिने दिदीबहिनीहरुलाई पनि कला प्रदर्शनका लागि स्टेज प्रदान गरिने सांस्कृतिक उपसमितिका संयोजक खगेन्द्रसिंह ठकुरीले बताए ।


परम्परादेखि ब्रतालुहरु मन्दिरमा पुजा गर्न आउने र खजुराबजारमा आफ्नो पिरमर्कालाई तीजको गीतको माध्यमबाट प्रकट गर्ने गरेको संस्कृतिलाई संयोजन गरि २० वर्ष पहिलेबाट खजुरा क्षेत्र संरक्षण समिति तीज महोत्सवको थालनी गरेको थियो । त्यसैको निरन्तरताकारुपमा १८ औं पटक महोत्सव आयोजना गरिएको समितिका सल्लाहकार शिवराज श्रेष्ठले बताए ।

महोत्सवमा स्थानीय विद्यालय, क्लव र महिला समुहले प्रतियोगितामा भाग लिएका छन् भने कार्यक्रमकैबीच लाखेनाच पनि प्रदर्शन हुने छ । दर्शकलाई बस्न सुबिधासम्पन्न टेण्ट र उच्च गुणस्तरको साउण्ड सिस्टमको ब्यवस्था गरिएको मञ्च ब्यवस्थापनका संयोजक रोसन सापकोटाले बताए ।

महोत्सवमा १० हजार बढी दर्शकको उपस्थिती रहने आयोजकले अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगलागी हुँदा सल्यानमा आमा–छोरीको मृत्यु

३० भाद्र २०८०, शनिबार १४:१०
नेपालगञ्ज : सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला […]