ठाकुरबाबामा रोजगार मेला सञ्चालन गरिने

सदरलाइन संवाददाता २६ भाद्र २०८०, मंगलवार १६:५२
 

नेपालगञ्ज : बर्दियाको ठाकुरबाबा नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा असोज ३ गते रोजगार मेला सञ्चालन गरिने भएको छ ।

ठाकुरबाबा नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लवको सहजिकरणमा संचालन गरिने सो मेलाको तयारीका लागि ठाकुरबाबा नगरपालिकाका उप—प्रमुख बिनाकुमारी भट्टराईको अध्यक्षता र जिल्ला समन्वय प्रमुख सुर्यबहादुर विष्टको प्रमुख आतिथ्यमा सरोकारवाला निकायहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

वेरोजगार युवाहरुलाई सीप, सेवा र रोजगारीमा पहँुच पुर्याउने उद्देश्यले रोजगार मेला सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिए ।

उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, शिक्षा शाखा प्रमुख सीताकुमारी भण्डारी, महिला विकास अधिकृत गोगनसरा आचार्य, वडा अध्यक्षहरु, क्यान, नगरस्तरीय सहकारी सञ्जाल, प्रर्याप्रयटन विकास मञ्च, होटेल संघ नेपाल, निर्माण व्यवसायी संघ, विद्यालय, नगर स्तरिय कृषि सञ्जाल, होमस्टे व्यवसायी, होटेल व्यवसायी, रेडियो टाईगर र गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिाता रहेको थियो ।

कायर्यक्रममा ठाकुरबाबाका रोजगार सेवा केन्द्रका संयोजक रबिन्द्र अर्यालले स्वागत मन्तब्य र रोजगार रणनितीको बारेमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा होटेल संघ नेपालका तर्फबाट मोहन चौधरीले स्थानीय सम्भाब्यताका बारेमा अध्यन गर्ने तथा युवाहरुलाई रोजगारीको प्रस्थान विन्दुसम्म पुर्याउनु पर्ने बताए ।


पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईले स्थानीय आवश्यकता, जनशक्तिको पहिचान गरिनु पर्ने बताउनुभयो । यसैगरी होटल व्यवसायी रेशम थापाले होटेल सञ्चालनका लागि जनशक्तिको अभाव रहेको जानकारी दिए ।

त्यसैगरी रेडियो टाइगरका प्रतिनिधि भाबुक योगीले सीप तालिम लिएका युवाहरुको पालिकाबाट सुचिकरण गरी रेकर्ड व्यवस्थापन गरिनु पर्नेमा जोड दिए ।

छलफलमा क्यानका प्रतिनिधि गोपाल निरौला, कृषि सञ्जालकी शान्ता भण्डारी लगायतले पनि सुझावहरु दिएका थिए ।

जिल्ला समन्वय प्रमुख सुर्य बहादुर विष्टले गरिवी अन्त्यका लागि स्थानीय सरकारले आयआर्जन कार्यलाई एक अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रमका अध्यक्ष एवं नगर उपप्रमुख विनाकुमारी भट्टरार्ईले युवाहरुको आवश्यकता र रुचीअनुसार प्राविधिक अवसरहरु प्रदान गरी रोजगारी अभिबृद्धि गर्ने तथा दक्ष जनशक्तिको पहिचानका लागि सुचिकृत गर्ने कार्य अगाडी बढेको बताइन् ।

युवाहरुलाई रोजगारदाताहरुसंग जोडनकालागि रोजगार मेला सञ्चालन गर्न लागिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मापसे चेकजाँचलाई कडाईका साथ लैजाँदै ट्राफिक प्रहरी

२६ भाद्र २०८०, मंगलवार १६:५२
नेपालगञ्ज  : बाँकेमा सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक कार्यालय बाँकेले विभिन्न स्थानमा माधक पदार्थ सेवन (मापसे) चेकजाँचलाई कडा पारेको छ । बाँकेमा माधक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने दैनिक सरदर ५ जना कारवाहीमा पर्ने गरेको र सडक दुर्घटना पनि बेढेकोले मापसे चेकजाँचलाई कडा पारिएको हो । जिल्ला […]

सम्बन्धित