युवा महिलालाई क्षमता विकास तालिम

सदरलाइन संवाददाता २४ भाद्र २०८०, आईतवार १३:५६
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलाहरुलाई रोजगार प्रवद्र्धन गर्न एक दिने क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ ।

प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस् भन्ने उदेश्यले सो क्षमता विकास तालिम प्रदान गरिएको हो ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले युवा महिलाका लागि प्रदान गरिएको सो रोजगार सम्बन्धि क्षमता अभिबृद्धि तालिमबाट उनिहरुलाई रोजगार सम्बन्धि कार्यहरुमा ठुलो सहयोग पुग्ने बताए ।


ठाकुरबाबा नगरपालिकाका २५ जना युवा महिलाहरुको सहभागिता रहेको सो क्षमता विकास तालिमका प्रशिक्षक बसन्तकुमार विसी रहेका छन् भने पर्ल परियोजनाका संयोजक गोविन्द प्रसाद लामिछाने र फिल्ड सहजकर्ता कञ्चन दहितले पनि सहजिकरण र व्यवस्थापनमा सहयोग गरेका छन् ।

सो तालिममा युवा महिलाहरुलाई रोजगारीमा जानका लागि बायोडाटा बनाउन, रोजगारीको बारेमा वेबसाईडहरु तथा अन्तरवार्ता मोडेलबारे अभ्यास गराउनुका साथै आयआर्जनका लागि व्यवसायमा संलग्नताका बारेमा उनिहरुको क्षमता विकास गरिएको परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठाकुरबाबा नगरपालिकामा आइतवार शोक विदा

२४ भाद्र २०८०, आईतवार १३:५६
बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाले आइतवार शोक बिदा दिएको छ । बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरूको निधन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आइतबार शोक बिदा दिएको हो । शुक्रबार बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सातजनाको मृत्यु भएको थियो । बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वाराका उनीहरू […]