सदरलाइनडटकम,
सुर्खेत : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सुर्खेतमा दुईवटा गाडीमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले शनिवार बिहान ट्रकमा आगजनी गरेका हुन् ।
उनीहरुले राति १ बजे र ३ बजेको समयमा रत्न राजमार्गको सत्तरीमा ना ६ ख ७३१३ नम्बरको ट्रकमा र कर्णाली राजमार्गको बड्डीचौरमा ना ६ ख १७३२ नम्बरको ट्रकमा आगो लगाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदीप क्षेत्रीले सत्तरीमा जलाइएको ट्रकको अगाडीको भाग जलेको र बड्डीचारमा आगजनी गरेको ट्रकको क्षतिको विवरण आइनपुगेको जानकारी दिनुभयो ।
पार्टीका भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयू क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुटो मुद्दामा प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपाले शनिबार बन्दको घोषणा गरेको हो । बन्दका कारण सुर्खेतबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीहरु चलेका छैनन् ।
Next Post
सञ्चारकर्मी ढकालको हत्या आरोपमा चार पक्राउ
५ माघ २०७५, शनिबार १४:५४
सम्बन्धित
-
२६ भाद्र २०७८, शनिबार १३:००
कोरोनाबाट भेरी अस्पतालमा दुईजनाको मृत्यु
-
११ पुष २०७५, बुधबार १८:४१
अनुसन्धानमा नेपाल प्रहरी सक्षम छ : आईजीपी खनाल
-
१३ बैशाख २०७९, मंगलवार १०:१०
नेकपा एमालेबाट दैलेखको नौमुलेमा विश्वकर्माको उम्मेदवारी
-
९ भाद्र २०७६, सोमबार १६:५०
थरुहट–थारुवान राष्ट्रिय मोर्चा गठन
-
१० चैत्र २०७९, शुक्रबार १३:५६
बाँकेका सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन
-
६ श्रावण २०७६, सोमबार १७:५४
‘प्रदेश ५ मा विप्लवको गतिविधि नियन्त्रणमा’