५७ औं अन्तराष्ट्रिय साक्षरता दिवश बाँकेमा मनाईयो

सदरलाइन संवाददाता २३ भाद्र २०८०, शनिबार ०७:०२
 

नेपालगञ्ज : बाँकेमा ५७ औं अन्तराष्ट्रिय साक्षरता दिवश बाँकेमा पनि एक कार्यक्रमका बीच मनाईएको छ ।

शिक्षाका लागि नागरिक सञ्जाल जिल्ला समिति बाँकेले जयपृथ्वी नमूना सामुदायिक सिकाई केन्द्र नेपालगञ्ज–२० संगको सहकार्यमा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले आजको युगमा शिक्षाको महत्वको विषयमा चर्चा गरेका थिए ।


शिक्षाका लागि नागरिक सञ्जाल बाँकेका अध्यक्ष ताराप्रसाद खनालले नागरिकलाई शिक्षाको क्षेत्रमा पहुँच पुराउनको लागि जयपृथ्वी बहादुर सिंहले खेलेको भूमिकाको बारेमा जति चर्चा गरे पनि थोरै हुने कुरामा जोड दिदै सञ्जालले जयपृथ्वी नमूना सामुदायिक सिकाई केन्द्र नेपालगञ्ज–२० सग सहकार्य गरी नेपालगञ्जका विभिन्न वडाका करिव ४ हजार नागरिकलाई साक्षर बनाउन सफल भएको बताए ।

सो कार्यक्रममा नव साक्षर भएका महिलाहरुसंग साक्षर भएपछि उनीहरुमा आएको परिवर्तनका बारेमा अन्तरक्रिया गरिएको थियो । सञ्जालका उपाध्यक्ष भद्र प्रसाद देवकोटाले सहजिकरण गर्नु भएको कार्यक्रममा शिक्षाका क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहनु भएको मैमुना सिद्दिकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, बिष्णु सुवेदी, गोबिन्दप्र्रसाद घिमिरेलगायतले साक्षरता हुनुको महत्वको बारेमा चर्चा गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा तीज महोत्सव सुरु

२३ भाद्र २०८०, शनिबार ०७:०२
नेपालगञ्ज : हरितालिका तीजलाई लक्षित गरी नारी विकास केन्द्र नेपालगञ्जले आफ्नै कार्यालय परिसरमा रामलिला मैदान नजिकै २ दिने तीज महोत्सवको आयोजना गरेको छ । महोत्सवमा गृहणी महिलाहरुले घरमै उत्पादन गरेका समाग्री बिक्री वितरण गर्ने उदेश्यले २५ वटा विभिन्न सामाग्रीको स्टल राखिएको आयोजक संस्था नारि विकास केन्द्र बाँकेका अध्यक्ष तथा लुम्बिनी […]