रक्षाबन्धनका अवसरमा राखीमय नेपालगञ्ज

सदरलाइन संवाददाता १२ भाद्र २०८०, मंगलवार १६:३२
 

नेपालगञ्ज : भाई–बहिनीको पवित्र, स्नेह एवं अटुट बन्धनको प्रतिक रक्षाबंधनको महा–पर्वलाई लिएर नेपालगञ्जको मुटु मानिने त्रिभुवन चौक देखि त्रिवेणीमोड सम्म पसलहरु थापिएका छन । बजारमा थापिएका राखीहरुको पसलले रौनकता बढाएको छ । साथै मिष्ठान भन्डारहरुमा मिठाई, अनरसा र फिनीको सुगन्धले शहर नै मनमोहक भएको छ ।

बजारमा राखिहरुको खरिद–बिक्रि शुरु भइसकेको छ । बजारमा हरेक वर्ष जस्तै यो वर्ष पनि बालबालिका देखि ठूलो उमेरका लागि राखिहरु फरक फरक खालका उपलब्ध छन् । बच्चाहरुलाई लोभ्याउनलाई उनीहरुलाई मन पर्ने कार्टून एवं मन पर्ने सुपर हिरोहरुको राखिहरु बजारमा उपलब्ध देखिन्छ । पसलमा बच्चाहरुका लागि छोटा भीम, बाल हनुमान, डोरेमोन आदि कार्टून चित्रण राखि आएको छ ।

पचासदेखि दुई सय रुपैयाँ वा सो भन्दा अधिक मूल्यसम्मको राखि उपलब्ध छन् । रक्षा बन्धन पर्वलाई मध्ये नजर गरी प्रशासनले ठाउँ–ठाउँमा चेकजाँचमा कडाई गरेको देखिन्छ । पर्वलाई मध्येनजर गरी चोर, लुटेराहरु माथि निगरानी बढाईएको देखिन्छ ।


त्रिभुवन चोकमा प्रहरीको तर्फबाट निकै सुरक्षाकर्मीहरुलाई तैनात गरेको देखिन्छ । नागरिकहरुको सहजताको लागि त्रिभुवनचौकदेखि त्रिवेणीमोडसम्म चार पाँग्रे र तीन पाँग्रे गाडीलाई निषेध गरिएको छ ।

नेपालगञ्ज ट्राफिक प्रहरी पोस्टका प्रमुख ओम पौडेलले रक्षाबन्धन पर्वमा हुन सक्ने ट्राफिक जामलाई मध्यनजर गरेर त्रिभुवन चोकदेखि त्रिबेणी मोडसम्म दुई पाँग्रे बाहेक अन्य सबै सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा यसवर्ष पनि गाईजात्रा मनाउने तयारी

१२ भाद्र २०८०, मंगलवार १६:३२
नेपालगञ्ज : ‘भाषा संस्कृति र परम्पराको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ प्रत्येक वर्ष जस्तै यसवर्ष पनि नेपालगञ्जमा गाईजात्रा मनाईने भएको छ । नेवाः पुचः बाँके आयोजक र नेवाः देय् दबू बाँके सह–आयोजनामा भदौ १४ गते गाईजात्रा मनाउन लागिएको हो । नेपालगञ्जमा भव्य गाईजात्रा मनाउन बाँकेमा रहेका १० गुठीहरुको संयुक्त […]