कोहलपुरमा फरार अभियुक्त पक्राउ

सदरलाइन संवाददाता ९ भाद्र २०७८, बुधबार १५:४२
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–२० नयाँ बस्ती थपुवाका दुईजना युवामाथि आक्रमण गरी फरार भएका मुख्य अभियुक्तलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ ।

साउन २४ गते राती पुरन विक र टेकबहादुर विकलाई ज्यान मार्ने उद्देश्यले हतियार प्रहार गरी आक्रमण गरेको भन्दै राँझाका सन्ते भनिने बसन्त रावतसहित ११ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको थियो ।


त्यसलगत्तै प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । मुख्य अभियुक्त सन्तेसहित अरु भने फरार थिए । प्रहरीले सुर्खेतको कालागाउँबाट गएराती २५ वर्षीय सन्ते, २० वर्षीय प्रकाश बुढा र २५ वर्षीय चक्रबहादुर रावतलाई पक्राउ गरेको हो ।

बुधवार उनीहरुलाई कोहलपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै डिएसपी रविन्द्र खनालले फरार अन्य चारजनाको पनि खोजी तीब्र पारिएको बताए । सन्तेको नेतृत्वमा राँझा क्षेत्रमा गुण्डागर्दी र लुटपाट हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बुधवार ९ जनामा कोरोना पुष्टि, ११ डिस्चार्ज

९ भाद्र २०७८, बुधबार १५:४२
नेपालगञ्ज : बाँकेमा बुधवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ७८ नमुना परिक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ७ जना र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकल पर्सन तेज […]