कोरोना देखिएपछि राप्तीसोनारीमा उच्च सतर्कता

१० जेष्ठ २०७७, शनिबार १४:४७
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : पहिलो कोरोना संक्रमित फेला परेपछि राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सतर्कता बढाइएको छ । राप्तीसोनारीका ९ वटै वडामा सतर्कता बढाइएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।
भारतको महाराष्ट्रस्थित ‘नासिक’ भन्ने ठाउँबाट फर्केका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ निवासी १८ बर्षीय युवकमा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगञ्जमा भर्ना रहेको अवस्थामा प्रयोगशालामा कोरोना जाँच गर्दा पोजिटिभ देखिएको हो ।
वडा नम्बर ९ का वडाअध्यक्ष महाबीर ओलीका अनुसार युवक जेठ ७ गते नेपाल प्रवेश गरेका थिए । उनीसहित उक्त वडाका ४ जनालाई वडा नम्बर ९ स्थित गणेश माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । शुक्रवार फर्केकासमेत गरी अझै ६ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।
सीमा प्रवेश गरेकै दिन ती युवकलाई ज्वरोको लक्षण देखिएको थियो । कोरोना संक्रमित १८ बर्षीय युवकलाई भेरी अस्पतालबाट खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन कक्षमा सारिएको छ ।
युवकमा कोरोना पोजिटिभ देखिएलगत्तै आफुले अन्य ब्यक्तिको पनि कन्ट्याक्ट टे«सिङमार्फत स्वाब संकलन गरिदिन आग्रह गर्दा अहिलेसम्म नभएको वडाअध्यक्ष ओलीको गुनासो छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले शुक्रवारसम्मको तथ्यांकअनुसार क्वारेन्टाइनमा १ सय ४० जना बसिरहेको जानकारी दिए ।

Next Post

बाँकेमा २७ जना थपिए, संक्रमितको संख्या ५८४ पुग्यो

१० जेष्ठ २०७७, शनिबार १४:४७
सदरलाइनडटकम, नेपालगञ्ज : शनिवार एकैदिन बाँकेमा २७ जना नयाँ संक्रमित थपिएका छन् । योसहित देशभरीमा शनिवार ३६ जना नयाँ संक्रमित भेटिएका हुन् । नरैनापुर गाउँपालिकाका मदरसाका ६ जना, वडा नं. ३ का १५ जना र वडा नं. १ का ६ जना नयाँ संक्रमित भेटिएका हुन् । यस्तै बैतडी शिवनाथ गाउँपालिकाका […]

सम्बन्धित